Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

बच्चाहरूको मनोविज्ञानमा `ठूलो मान्छे` (ट्रेलरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/04/30

बालबालिकाको मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको फिल्म 'ठूलो मान्छे' यहि जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । थ्रीलर सस्पेन्स फिल्म 'आवरण'सँग यो फिल्म भिड्ने छ ।

 

बालप्रेमको फिल्म 'नाईं नभन्नु ल २' ब्लकबस्टर भएको अवस्थामा बैशाख १९ गते अर्थात आउँदो शुक्रबार बाल मनोविज्ञामा आधारित फिल्म 'वर्ल्ड कप इन नेपाल' रिलिज हुँदैछ । त्यसको दुई सातामा पुन: बाल मनोविज्ञानकै फिल्म 'ठूलो मान्छे' रिलिज हुनेछ । यस्तै जेठ २ गते नै बालबालिका केन्द्रित थ्रीलर फिल्म 'आवरण' पनि रिलिज हुने भएकाले दर्शकलाई कतै 'मोनोटोनस' हुने त हैन ? फिल्मको व्यापारले देखाउने छ ।

 

प्रदीप खड्काको निर्माणमा प्रशान्त तामाङले निर्देशन गरेको फिल्म 'ठूलो मान्छे'मा केकी अधिकारी, प्रशान्त तामाङ, कुशल, रोमन, उज्ज्वल, आशिस, विवेक, अविरल, प्रेम, सुष्मा लगायतका कलाकारको अभिनय छ । फिल्मले नेपालको शिक्षा पद्धतीलाई उठान गरेको छ ।