Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`सरी ल` गीत रिलिज : कस्ले गर्‍यो गल्ती ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/29

प्रदर्शनको तयारीमा रहेको फिल्म 'सरी ल'को शिर्ष गीत रिलिज गरिएको छ । शिबम अधिकारीको शब्द तथा बसन्त सापकोटाको संगीतमा शिव परियारले गाएको प्रस्तुत सार्वजनिक गीतमा फिल्मका मुख्य तीन पात्र सुवास थापा, अनिता आचार्य र राजन खतिवडालाई फिचर गरिएको छ ।

 

अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण गरेको यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा बनेको 'सरी ल'मा अन्जु केसीको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाँकन, बसन्त सापकोटा र शैलेस श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्धन्द निर्देशन, रबिन्द्र खड्काको सम्पादन र बब्बु थापाको कोरियोग्राफी रहेको छ ।