फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी चर्चित अभिनेत्री सञ्चिता लुईटेल लामोसमय पश्चात पर्दामा झुल्किएकी छिन् । फिल्ममा फर्कन केहि समय लाग्ने बताउने सञ्चिता अहिले भने म्युजिक भिडियो मार्फत पुन: अभिनयमा कमव्याक भएकी हुन् ।
सञ्चारकर्मी विदूर खतिवडाले सञ्चितासहित उनका दुई छोराहरूलाई पनि अभिनयमा ल्याएका छन् । निश्चल दाहालको शब्द एवं अमित विष्टको स्वर तथा संगीत रहेको 'आमा' नामक म्युजिक भिडियोमा सञ्चितासँगै उनका छोराहरूलाई पनि देख्न सकिन्छ । आमा औंशीको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो ।
आमाप्रति समर्पित गीतमा काम गर्न पाउँदा खुसी लागेको सञ्चिताले बताईन् । उनले आफ्नो कमव्याक राम्रै कामबाट भएकोमा खुसी समेत व्यक्त गरिन् ।

