Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कतारमा `६ एकान ६`

उत्तम भट्टराई, दोहा, 2014/04/28

बर्ष ०७०को हिट फिल्म 'छ एकान छ'लाई कतारवासीले हेर्न पाउने भएका छन् । कतारको सनैयास्थित ग्लोबल सिनेमा हलमा आउँदो शुक्रबार अर्थात मे २ तारिखका दिन फिल्म प्रदर्शन हुनेछ ।

 

यो फिल्म प्रदर्शनका लागी स्याङ्जा सम्पर्क मञ्च र माझी सेवा समाजले सहकार्य गरेको छ । फिल्म हेर्नको लागी शुल्क कतारी रियल ३० र भीआईपीको लागि ६० कतारी रियल तोकिएको छ । दर्शकको मागलाई मध्यनजर गर्दै एकैदिन तीन शो (११:३० बजे, दिउँसो २:३० बजे र साँझ ५:३० बजे) को आयोजना गरिएको स्याङ्जा सम्पर्क मञ्चका अध्यक्ष भेषराज पराजुलीले बताए ।


आमा सरस्वती मुभिजको ब्यानरमा निर्मित फिल्म 'छ एकान छ'लाई दिनेश डिसीले निर्देशन गरेका हुन् भने दिपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, सन्दीप क्षत्री, नीता ढुंगाना, राजबल्लभ कोईराला लगायतले अभिनय गरेका छन् । फिल्मलाई दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेका हुन् ।