Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा, प्रियंका र श्रृष्टीमा को चल्ला ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/28

वैशाख २६ गते नेपाली फिल्म हलमा तीन फिल्म प्रदर्शन हुँदैछन् । ‘दमदार’, ‘मेरो वेस्ट फ्रेन्ड’ र ‘रेड मनसून’ एकसाथ प्रदर्शन हुने फिल्म हुन् । तीन फिल्मको एकसाथ प्रदर्शनको प्रत्यक्ष असर फिल्मको व्यापारमा पर्नेछ ।

 

 

कमलकृष्ण पौडेल निर्देशित फिल्म ‘दमदार’ मुख्यतः सिङगल स्क्रिन लक्षित फिल्म हो । ‘सिङगल स्क्रिन क्विन’ को रुपमा चिनिएकी अभिनेत्री रेखा थापा ‘दमदार’ की मुख्य हतियार हुन् । रेखाको साथमा ‘दमदार’ सविन श्रेष्ठ र वासु पुडासैनीको मुख्य भूमिका छ ।

 

त्यस्तै व्यस्त तालिकामा रहेकी अभिनेत्री प्रियंका कार्कीको पहिलो फिल्म भएकाले पनि ‘मेरो वेस्ट फ्रेन्ड’ प्रति केही आशा गर्ने ठाउँ देखिएको छ । तर, फिल्म सुटिङका कारण प्रियंका आफ्नो पहिलो फिल्मको प्रचारमा सहभागी हुन नपाउने देखिएको छ ।

 

प्रियंकासँगै अभिनेत्री केकी अधिकारी दर्शकलाई हलसम्म तान्न सक्ने खुराक बन्न सक्ने अड्कल छ । प्रशन्न पौडेल निर्देशित फिल्ममा प्रियंका र केकीसँगै रेश मरठ्ठा, दिवस उप्रेती, बिम्लेश अधिकारी लगायतको मुख्य भूमिका छ । यो मल्टिप्लेक्स र सिङ्गल स्क्रिन लक्षित फिल्म हो ।

 

‘दमदार’ र ‘मेरो वेस्ट फ्रेन्ड’ सँगै प्रदर्शनमा आउने अर्को फिल्म ‘रेड मनसून’ भने पूर्ण रुपमा मल्टिप्लेक्स लक्षित फिल्म हो । यो फिल्मको शिर्षक, विषयवस्तु एवं प्रचार शैली मल्टिप्लेक्स केन्द्रित छ । इलम दिक्षितले काठमाण्डौको रहनसहन, बाजागाजा र भेषभूषालाई फिल्ममा उतारेका छन् । ‘रेड मनसून’को केन्द्रिय पात्रमा श्रृष्टी घिमिरे छिन् । यस्तै फिल्ममा सरिता गिरी, सन्दिप क्षेत्री, सुदाम सिकेको मुख्य भूमिका छ ।

 

वैशाख २६ गते प्रदर्शन हुने फिल्म ‘दमदार’, ‘मेरो वेस्ट फ्रेन्ड’ र ‘रेड मनसून’ मध्ये कसले व्यापारिक सफलता पाउला ? अझ भनौं, रेखा, प्रियंका र श्रृष्टीमा को चल्ला ? प्रतिक्षा गर्रौं ।