भर्खरै मात्र बैबाहिक बन्धनमा बाँधिएका अभिनेता आर्यन सिग्देललाई यतिखेर दोहोरो खुसी मिलेको छ । एकातिर भनेजस्तै माया गर्ने जीवनसाथी पाउनु अर्को तर्फ आफैले निर्माण तथा अभिनय समेत गरेको फिल्मले सफलता पाउनु ।
आईतवार साँझ श्रीमती सपना भण्डारीका साथ बिग मुभिजमा सञ्चारकर्मीमाझ 'नोभेम्बर रेन' फिल्म हेर्दैगर्दा आर्यनको मुहारमा उज्यालो देखिन्थ्यो । फ्लप फिल्मको हिरोको ट्याग पाईरहँदा खुलेर हाँस्न नसकेका आर्यन अहिले भने खुलेर हाँस्न थालेका छन् । देशभर प्रदर्शनरत फिल्म 'नोभेम्बर रेन'ले पाएको सफलताबाट उनीमात्र हैन सम्पूर्ण निर्माण युनिट पनि हर्षित छ ।
सञ्चारकर्मीमाझ बसेर फिल्म हेरेका आर्यनले फिल्मीखबरसँग भने, 'सबैले राम्रो फिल्म बनेको प्रतिक्रिया दिनुभएको छ । सफलता पनि पाएको छु । म अत्यन्तै खुसी छु ।' आफैले अभिनय गरेको हेरेर आँखा रसाएको प्रतिक्रिया आर्यनले दिए भने छुल्ठिम गुरूङले पनि मनलाई रोक्न सकिनन् । आफ्नो फिल्म हेरेर डल्लीको भूमिका निभाएकी छुल्ठिमको आँखामा आँशु देख्न सकिन्थ्यो ।
यता निर्माता सुवास गिरी र निर्देशक दिनेश राउत सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुसी देखिन्थे । आमन्त्रित सञ्चारकर्मी र फिल्मकर्मीले 'नोभेम्बर रेन'लाई राम्रो फिल्म बनेको प्रतिक्रिया दिए । अधिकांशले फिल्म मेकिङ र अभिनयको प्रशंशा गरे ।
.jpg)
(1).jpg)
.jpg)
.jpg)

