Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

`हवल्दार सुन्तली` बन्दै शिल्पा पोखरेल

फिल्मीखबर, काठमाण्डौ, 2014/04/27

हालसम्म निर्माण भएका फिल्म मध्ये निर्माता छवि ओझाको ब्यानरको ‘हवल्दार सुन्तली’ महंगो हुने भएको छ । एक करोड नजिक लगातमा ‘हवल्दार सुन्तली’ निर्माण हुँदैछ । फिल्मको सुटिङ समयावधी नै दुई महिनाको छुट्याइएको छ ।

 

‘लज्जा’ डेव्यु अभिनेत्री शिल्पा पोखरेल ‘हवल्दार सुन्तली’को शिर्ष भूमिकामा प्रस्तुत हुनेछिन् । शिल्पासँगै अभिनेताद्धय सविन श्रेष्ठ र किशोर खतिवडा ‘हवल्दार सुन्तली’ मा मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । पहिलो पटक छवि ब्यानरको फिल्म निर्देशन गर्न लागेका निर्देशन लामिछानेको पनि 'हवल्दार सुन्तली' पहिलो महंगो प्रोजेक्ट हो ।

 

‘हवल्दार सुन्तली’ ले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको कथा भन्ने छ । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत महिला प्रहरी जवान सुन्तली धामीको कथालाई फिल्मले केहि मात्रामा उठाएको निर्माता ओझाले बताए । सुन्तली सहकर्मी प्रहरीबाटै सामुहिक बलात्कारको शिकारमा परेकी थिईन् ।

 

निर्माता छवि ओझाले यसअघि निर्माण गरेको ‘कसले चोर्यो मेरो मन’ र ‘अन्दाज’ हाइ बजेटमा फिल्म हुन् । दुवै फिल्मले व्यवसायिक सफलता पाएका थिए । जेठ ५ गते काठमाण्डौबाट शुरू हुने फिल्मको सुटिङ जोमसोम तथा राजधानी बाहिरका अन्य थुप्रै ठाउँमा गरिने छ ।

 

छवि क्याम्पका छायाँकार मदन कास्यप घिमिरे र द्धन्द्ध निर्देशक चन्द्र पन्त ‘हवल्दार सुन्तली’ मा छुट्ने छैनन् । दिपक शर्माको संगीत रहने फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । ‘हवल्दार सुन्तली’को स्क्रिप्ट शिवम अधिकारीले लेखिरहेका छन् ।