Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.00/5.00)
Text size:-
+
-

बन्ने भो `नाईं नभन्नू ल ३`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/27

‘नाईं नभन्नू ल २’ पछि अब ‘नाईं नभन्नू ल ३’ निर्माण हुने भएको छ । विकास आचार्यले ‘नाईं नभन्नू ल ३’ निर्माण हुने फिल्मीखबर मार्फत घोषणा गरे । ‘नाईं नभन्नू ल ३’ मा बाल कलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टाईको शिर्ष भूमिका रहनेछ ।


अनुभव र सुज्ञानी बाहेक ‘नाईं नभन्नू ३’का अन्य कलाकार पक्का भैसकेका छैनन् । स्क्रिप्टको पहिलो ड्राफ्ट तथा गीतको शब्द तयार गर्ने कार्य भैरहेको निर्देशक आचार्यले बताए । विकासले भने, 'मानवीय संवेदनालाई छुने फिल्म बन्नेछ ।’


‘नाईं नभन्नू ल’ फिल्म व्यवसायिक रुपमा सफल भएपछि विकासले ‘नाईं नभन्नू ल २’ को निर्माण एवं निर्देशन गरेका थिए । जुन फिल्म हाल देशका तीन दर्जन बढी पर्दामा सफलताका साथ तेश्रो हप्तामा प्रदर्शनरत छ ।


‘नाईं नभन्नू ल’ मा जीवन लुइँटेल र ऋचा सिंह ठकुरीलाई मुख्य भूमिकामा प्रस्तुत गरेका विकासले ‘नाईं नभन्नू ल २’ मा भने बाल कलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईलाई मुख्य भूमिकामा प्रस्तुत गरेका थिए ।