Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

द्धन्द्ध कलाकार संघमा पुनः योगेन्द्र श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2014/04/26

 

नेपाल चलचित्र द्धन्द्ध कलाकार संघमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा नि.वर्तमान अध्यक्ष योगेन्द्र श्रेष्ठ अत्यधिक मतले दोस्रो पटक निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी सूर्य थोकरसँग ४१ मतान्तरले योगेन्द्र विजयी भए । 
 
त्यस्तै उपाध्यक्षतर्फ भरत क्षेत्री विजयी भएका छन् । उपाध्यक्षको दौडमा चन्द्र पन्त पनि थिए । महासचिवमा राजकुमार उप्रेती निर्विरोध विजयी भएका छन् भने कोषाध्यक्षमा बब्लु विक्रम थापा विजयी भएका छन् । कोषाध्यक्षको प्रतिस्पर्धामा रमेश शुक्ल थिए । सचिवतर्फको पद भने खाली राखिएको छ ।
 
सदस्यतर्फ संजय थापा, शुक्रराज शाह, राजाराम गौतम, संजय महर्जन, केवीराज वाहक, भूपेन्द्र विसी र किरण जिवयी भएका छन् । द्धन्द्ध कलाकार संघको नवनिर्वाचित कार्यसमितिको समयावधी तीन वर्षको रहनेछ । 
 
द्धन्द्ध कलाकार संघको नयाँ कार्यसमिति गठन निर्वाचन चावहिलस्थित चलचित्र विकास वोर्डको भवनमा सम्पन्न भएको थियो । विशेष साधारण सभा तथा नयाँ कार्यसमिति गठनको उद्घाटन वरिष्ठ फिल्मकर्मी लक्ष्मीनाथ शर्माले दियोमा बत्ती बाल्दै उद्घाटन गरेका थिए । कार्यक्रममा स्व.द्धन्द्ध निर्देशक गोपाल भूटानीको फोटोमा माला लगाएर माल्यार्पण गरियो ।