Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(30 votes, avg 4.77/5.00)
Text size:-
+
-

`मुखौटा` ट्रेलर : सौगातको संवादमा लाग्ला सेन्सर ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/26

अभिनेता अर्पण थापाले निर्देशन गरेको फिल्म 'मुखौटा'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक पहिलो टिजरबाट नै दर्शकको ध्यान तान्न सफल यो फिल्मको प्रस्तुत ट्रेलरले पनि ध्यान तान्ने देखिन्छ ।

 

पछिल्लो समय नेपाली फिल्ममा देखिएको अश्लिल संवादलाई भने यो फिल्मले पनि निरन्तरता दिएको छ । अभिनेता सौगात मल्लका केहि संवाद अश्लिल सुनिन्छन् भने अभिनेत्री निशा अधिकारी उदार देखिन्छिन् । अश्लिल सुनिने संवादलाई सेन्सर बोर्डले कसरि हेर्छ ? फिल्म सेन्सरमा गएपछि नै थाहा हुनेछ ।

 

काठमाण्डौ उपत्यकामा रहेका माफियाहरूको कथा भन्ने यो फिल्ममा राजेश हमाल, अर्पण थापा, सुनिल थापा, रबिन तामाङ, दयाहाङ राई, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकारको पनि मुख्य अभिनय छ । रबिन श्रेष्ठले निर्माण गरेको यो फिल्म जेष्ठ १६ रिलिज हुँदैछ ।