Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.91/5.00)
Text size:-
+
-

`नोभेम्वर रेन`को `ग्रान्ड ओपनिङ`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/25

वैशाख १२ गतदेखि काठमाण्डौ तथा मोफसलका पर्दाबाट एकसाथ प्रदर्शनमा आएको फिल्म ‘नोभेम्वर रेन’ को सुरुवाती व्यापार सुखद देखिएको छ । ‘नोभेम्वर रेन’ को शुक्रबारको व्यापारलाई वितरकले ‘ग्रान्ड ओपनिङ’ भनेका छन् ।

 

‘नोभेम्वर रेन’ ले शुक्रबार काठमाण्डौका अधिकांश पर्दामा हाउसफूलको व्यापार गरेको दाबी गरे । काठमाण्डौ १७ वटा पर्दामा ‘नोभेम्वर रेन’ प्रदर्शनरत छ । त्यस्तै मोफसलमा पनि ‘नोभेम्वर रेन’ ले दर्शकको उल्लेख्य साथ पाएको वितरक मनोज राठीले जानकारी दिए । उनले भने, ‘फिल्मले ग्रान्ड ओपनिङ गरेको छ ।’ मोफसलका ३० भन्दा बढी हलमा ‘नोभेम्वर रेन’ प्रदर्शनरत छ ।

 

फिल्मको सुरुवाती व्यापार सुखद देखिएपछि निर्माता सुवास गिरी दंग छन् । अभिनेता आर्यन सिग्लेल र अभिनेत्री नम्रता श्रेष्ठलाई ‘नोभेम्वर रेन’ ले राहत दिने संकेत देखिएको छ । दिनेश राउत निर्देशित फिल्ममा आर्यन र नम्रतासँगै छुल्ठिम गुरुङको पनि मुख्य अभिनय रहेको छ । ‘नोभेम्वर रेन’ सँगै प्रदर्शनमा आएको ‘कवड्डी’ फिल्मको पनि शुक्रबारको व्यापार उत्साहप्रद रहेको फिल्म वितरण कम्पनीको दाबी छ ।