Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

बिरेन निर्देशक बन्ने !

फिल्मीखबर, काठमाण्डौ, 2014/04/25

अभिनेता तथा निर्माता बिरेन श्रेष्ठले फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मीखबरसँग बिरेनले भने, ‘मसँग तीन वटा स्क्रिप्ट छन् । चाँडै नै यी तीन मध्ये एउटा स्क्रिप्ट फाइनल गर्छु ।’

 

स्क्रिप्ट फाइनल हुन बाँकी रहेकाले फिल्मको शिर्षक, कलाकार तथा फिल्मको अन्य सदस्य फाइनल नभएको बिरेनले बताए । फिल्ममा लगानी चाहिं कसको हुन्छ ? बिरेनले भने, ‘होम प्रोडक्सनबाटै निर्देशन गर्ने योजना छ । तर बाहिरी ब्यानरबाट पनि फिल्म निर्देशनको प्रस्ताव आएकाले कुरो फाइनल भएको छैन ।’

 

आफ्नो पहिलो निर्देशकिय फिल्म पूर्ण रुपमा व्यवसायिक हुने बिरेनले बताए । बिरेनद्धारा अभिनित एवं निर्मित फिल्म ‘मनले मनलाई छुन्छ’ काठमाण्डौ तथा मोफसलका केही पर्दामा तेश्रो सातामा प्रदर्शनरत छ । स्व.शिव रेग्मी निर्देशित ‘मनले मनलाई छुन्छ’ लाई दर्शकले राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।