Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

निर्देशक समाजबाट ६ जनाको सामुहिक राजिनामा (हस्ताक्षर पत्रसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/04/25

चलचित्र निर्देशक समाजको कार्यसमितिमा रहेका आधा दर्जन पदाधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । कार्यसमितिमा रहेका ६ जना पदाधिकारीले वैशाख १२ गते निर्देशक समाजको कार्यालयको दर्ता नम्बर ३३ मा राजिनामा पत्र दर्ता गराएका छन् ।

 

राजिनामा दिनेमा महासचिव ऋषी लामिछाने, प्रथम उपाध्यक्ष राजु केसी, सचिव श्याम भट्टराई, सह-कोषाध्यक्ष गोपालचन्द्र लामिछाने, सदस्यहरु आरवीके शरद र महेश प्रसाद ढुङ्गेल छन् । महासचिव ऋषी लामिछानेले राजीनामा दिइएको बारे फिल्मीखबरसँग भने, ‘एक दुई जनाको निर्णयले संस्था अगाडी बढ्दैन । संस्थाको हितको लागि हामीले राजिनामा दिएका हौं । संस्था एकलौटी जस्तो भयो ।’

 

पोखरामा सम्पन्न फिल्म वर्कशप नै सामुहिक राजिनामाको मुख्य आधार हो । ६ जनाले हस्ताक्षर गरेको पत्रमा वर्कशप सम्पन्न गर्नका लागि सामान्य प्रक्रिया समेत नपनाएको तथा पत्राचार तथा आर्थिक प्रस्तावहरू नियम संगत नदेखिएकाले गर्दा आर्थिक अपारदर्शिता भएको कारण उल्लेख छ । यस्तै हस्ताक्षर पत्रमा कार्यसमितीले गरेका र प्राथमिकतामा रहेका निर्णयहरूलाई लत्याउँदै कार्यसमितीको म्याण्डेड विपरित व्यक्तिगत रूपमा अगाडी बढ्ने कार्य अध्यक्षबाट भएको कुरा पनि उल्लेख गरिएको छ ।
 

६ जना कार्य समिति पदाधिकारीको राजीनामालाई अध्यक्ष दिनेश डिसीले स्विकृती गरि सकेका छैनन् । डिसीले राजिनामा स्विकृत नगरेपनि अन्य सदस्यले पनि राजिनामा दिने खबर आईरहेको छ ।