‘सुनगाभा’ निर्देशक सुवर्ण थापाले ‘फन्को’ नामक फिल्म निर्देशन गर्ने भएका छन् । ‘सुनगाभा’ मा समलिङ्गी युवतीको विषयलाई उठान गरेका निर्देशक थापाले ‘फन्को’ को विषयवस्तु भने गोप्य राखेका छन् ।
सुवर्णको ‘फन्को’ मा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारीले मुख्य भूमिका निभाउने छन् । क्यामेरा पर्सनमा पुरुषोत्तम प्रधान फाइनल भएका छन् । ‘फन्को’ मा नरेन्द्र महर्जन र अन्य दुई जनाको लगानी रहनेछ ।
‘फन्को’ बारे थप बुझ्दा निर्देशक थापाले औपचारिक कार्यक्रम मार्फत अन्य कुराहरु सार्वजनिक गरिने बताए । ‘फन्को’ को आउँदो सातादेखि पोखराबाट छायाँकन सुरु हुनेछ । सौगात, प्रियंका र केकीले ‘फन्को’ मा दोस्रो पटकसँगै काम गर्दैछन् । यस अघि उनीहरुले पोष्टप्रोडक्सनमा रहेको फिल्म ‘श्री ५ अम्बरे’ मा एकसाथ काम गरेका थिए ।

