Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 5.00/5.00)
Text size:-
+
-

गोपिकृष्णबाट उतारियो `कवड्डी`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/25

काठमाण्डौस्थित चावहिलको गोपिकृष्ण हलबाट फिल्म ‘कवड्डी’लाई उतारिएको छ । निर्माण युनिट र वितरक संस्था पपकर्न पिक्चर्सले ‘कवड्डी’लाई पहिलो शो पश्चात गोपिकृष्ण हलबाट उतारेको हो ।


गोपिकृष्णको शिवाय र राधा हलमा ‘कवड्डी’लाई पहिलो शो दिइएको थियो । दुई-दुई सय सिट क्षमता भएको ‘कवड्डी’को दुवै हल हाउसफूल भएको थियो । ‘दर्शक ओभर फ्लो भएर फर्किएका छन्,’ निर्माता निश्चल बस्नेतले फिल्मीखबरसँग भने, ‘आएका दर्शकलाई टिकट दिन नसक्ने भएपछि किन चलाइ राख्नु भनेर हामीले फिल्मलाई उतारेका हौं ।’


घाटा त आफैंलाई हो नि ? भन्ने प्रश्नमा निश्चलले भने, ‘घाटा हामीलाई पनि पर्छ तर धेरै घाटा हललाई पर्छ ।’ गोपिकृष्ण मुभिजको व्यवस्थापन टिमको भनाईलाई उदृध गर्दै निश्चलले भने, ‘दिएको हल चित्त बुझ्दैन भने फिल्मलाई उतार्नुस् भन्नुभयो हामीले उतार्यौं ।’ ‘कवड्डी’ लाई १२ सय सिट क्षमता भएको कृष्ण हल दिन नमानेको निश्चलले बताए ।

 

'कबड्डी'लाई उतारेपछि त्यसको प्रत्यक्ष फाईदा आजैबाट रिलिज भएको फिल्म 'नोभेम्बर रेन' र सफलताकासाथ प्रदर्शनरत फिल्म 'नाईं नभन्नु ल २'लाई परेको छ । यि दुबै फिल्मले पनि राम्रो व्यापार गरिरहेका छन् ।