फिल्मको सुटिङमा व्यस्त हुन लागेका अभिनेता मुकेश ढकालको वैशाख ९ गते जन्मदिन हो । एक दर्जन बढी फिल्ममा अभिनय गरेका मुकेशलाई फिल्मीखबर डट कम परिवार जन्मदिनको शुभकामना !
अभिनेत्री पत्नी मेलिना मानन्धर र छोरीसँग मध्य वानेश्वरमा बस्दै आएका मुकेशले जन्मदिनको कुनै विशेष कार्यक्रम नभएको बताए । वर्थडे हिरोले भने, ‘चार वटा जति वर्थडे सुटिङ सेटमा मनाइयो । अहिले घरका परिवारसँग सामान्य हिसाबले मनाउँदैछु ।’
तीस प्लसका मुकेश अभिनित ‘माया गर ल’ फिल्म वैशाख १९ गते देशभर प्रदर्शनमा आउँदैछ । लभ स्टोरीको फिल्ममा मुकेश अभिनेत्री ऋचा सिंह ठकुरीको जोडी भएर प्रस्तुत भएका छन् । लामो समयपछि दर्शक माझ आउन लागेका मुकेशलाई फिल्म सफलताको पनि शुभकामना !