Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`माया गर ल` भन्दै मुकेश मनाउँदैछन् जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2014/04/22

फिल्मको सुटिङमा व्यस्त हुन लागेका अभिनेता मुकेश ढकालको वैशाख ९ गते जन्मदिन हो । एक दर्जन बढी फिल्ममा अभिनय गरेका मुकेशलाई फिल्मीखबर डट कम परिवार जन्मदिनको शुभकामना !

 

अभिनेत्री पत्नी मेलिना मानन्धर र छोरीसँग मध्य वानेश्वरमा बस्दै आएका मुकेशले जन्मदिनको कुनै विशेष कार्यक्रम नभएको बताए । वर्थडे हिरोले भने, ‘चार वटा जति वर्थडे सुटिङ सेटमा मनाइयो । अहिले घरका परिवारसँग सामान्य हिसाबले मनाउँदैछु ।’

 

तीस प्लसका मुकेश अभिनित ‘माया गर ल’ फिल्म वैशाख १९ गते देशभर प्रदर्शनमा आउँदैछ । लभ स्टोरीको फिल्ममा मुकेश अभिनेत्री ऋचा सिंह ठकुरीको जोडी भएर प्रस्तुत भएका छन् । लामो समयपछि दर्शक माझ आउन लागेका मुकेशलाई फिल्म सफलताको पनि शुभकामना !