मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

क-कस्को `पुनर्जन्म` ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/22

पाँच वटा फिल्म निर्माणबाट लगानी सुरक्षित गर्न नसकेका मोहनकृष्ण श्रेष्ठले पुनः फिल्म निर्माण गर्ने भएका छन् । ‘कन्यादान’, ‘राज’, ‘वर्षात’, ‘फुलस्टप’,‘ वर्षात’ र ‘फुलस्टप’ फिल्म निर्माण गरेका श्रेष्ठले ‘पुनर्जन्म’ नामक फिल्म निर्माणको तयारीमा छन् ।

 

 

यही वैशाखको दोश्रो साताबाट छायाँकन प्रारम्भ हुने फिल्ममा केकी अधिकारी, गजित विष्ट, सुस्मिता शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, देशभक्त खनाल, सुरविर पण्डित मुख्य भूमिकामा पक्का भएका छन् भने अभिनेता आर्यन सिग्देलसँग फिल्म खेल्ने सहमती हुँन बाँकी छ । निर्माता श्रेष्ठले भने, ‘आर्यनको बिहेले गर्दा कुरा रोकियो । फाइनल गर्न आज जादैछौं । आर्यनसँग मौखिक सहमती भैसकेको छ ।’

 

‘पुनर्जन्म’बाट फिल्मको सम्पादन एवं सह-निर्देशन गर्दै आएका सजन श्रेष्ठ निर्देशनमा डेव्यु गर्दैछन् । सत्य घटनामा आधारित रहेको 'पुनर्जन्म'को हाल संगीतको काम हुँदैछ । बसन्त सापकोटाद्धारा संगीतवद्ध ‘पुनर्जन्म’ मा कमल राईको नृत्य निर्देशन रहनेछ । सुदर्शन श्रेष्ठ फिल्मका कथाकार हुन् ।

 

फिल्मको छायाँकन काठमाण्डौसँगै केही भाग मोफसलमा पनि हुनेछ । मोहनसँगै ‘पुनर्जन्म’ मा भद्र बहादुर शाही र शिव प्रसाद चौलागाइँको लगानी रहनेछ । पाँच फिल्मबाट लगानी सुरक्षित गर्न नसकेका मोहनकृष्णको व्यवसायिक सफलताको पुनर्जन्म गराउला त ?