मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नक्कली प्रहरी बनेर चित्त बुझाउँदै सबिन

फिल्मीखबर, काठमाण्डौ, 2014/04/21

सत्तरी सालको अन्त्यतिर प्रदर्शन भएको फिल्म ‘आधी बाटो’मा गायक बनेका अभिनेता सविन श्रेष्ठ आउँदो वैशाख २६ गते प्रदर्शन हुने फिल्म ‘दमदार’ मा प्रहरी इन्सपेक्टरको भूमिकामा छन् । कमलकृष्ण निर्देशित ‘दमदार’ मा सविनको अपोजिटमा अभिनेत्री रेखा थापा छिन् ।

 

 

एक्सन फिलममा रूचाईएका सविनको खास लक्ष्य प्रहरी इन्सपेक्टर बन्ने थियो । फिल्मीखबरसँग सविन गफिए, ‘प्रहरी इन्सपेक्टर भएर जनताको सेवा गर्ने लक्ष्य थियो ।’ प्रहरी बन्ने लक्ष्य लिएको व्यक्ति कसरी त फिल्मतिर ? सुगठिला शरीरका धनी सविन विगत तर्फ फर्किए, ‘प्रयास नगरेको त होइन । खै के मिलेन के ।’

 

प्रहरी इन्सपेक्टर हुने प्रयास असफल भएपछि काठमाण्डौका स्थायी सविन मोडलिङतर्फ मोडिए । ‘मोडलिङमा हुँदा समेत आर्मीमा जाने सुर गरेको थिएँ उमेर बढी भएर सपना पनि पूरा भएन ।’ उसो भए प्रहरी र आर्मी नभएपछि फिल्मतिर लागेको ? सविनले भने, ‘जीवनका सबै लक्ष्य पूरा नहुने रैछन् । सक्कली आर्मी र इन्सपेक्टर नभएपनि नक्कली बनेर चित्त बुझाउँदै छु ।’