मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाको मनसँग नजिक `मेरो बेष्ट फ्रेण्ड`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/21

'यो मेरो अभिनय करियरको पहिलो फिल्म हो । त्यसैले पनि यो फिल्म मेरो मनसँग नजिक छ,' सोमबार राजधानीमा आयोजना गरिएको 'मेरो बेष्ट फ्रेण्ड' फिल्मको अडियो विमोचन समारोहमा अभिनेत्री प्रियंका कार्कीले भनिन्, 'यो फिल्मले नै मेरो अभिनय यात्राको ढोका खोलिदिएको हो ।'

 

पहिलो फिल्म भएपनि रिलिजका हिसाबले छैठौं भएकाले प्रियंकाले भनिन्, 'निकै मेहनत गरेर काम गरेकी छु तर पनि यसलाई पहिलो फिल्मको रूपमा नै मूल्याङ्कन गरिदिनु होला ।' 'मेरो बेष्ट फ्रेण्ड'बाट शुरू भएको फिल्मी यात्रा निरन्तर अगाडी बढिरहेको बताउँदै प्रियंकाले निर्देशक प्रशन्न पौडेललाई अभिनयको ढोका खोलिदिएकोमा धन्यवाद दिईन् ।

 

यस्तै फिल्ममा सानो तर स्पेसल भूमिका रहेको बताउँदै अर्की अभिनेत्री केकी अधिकारीले भनिन्, 'बर्षौं पछि पनि यो भूमिका मेरो स्मरणमा रहिरहने छ ।' उनले भूमिका सानो भएपनि महत्वपूर्ण भएकाले अभिनय गर्न तयार भएको भनाई राखिन् । फिल्मका अभिनेताद्धय रेश मरहठ्ठा र दिवस उप्रेतीले पनि मेहनतकासाथ काम गरेको हुनाले फिल्म पनि राम्रो बनेको बताए ।

 

फिल्मको अडियो विमोचनमा बोल्दै गीतकार भूपेन्द्र खड्काले बलिउड स्तरको गीतसंगीत फिल्ममा समावेश भएको बताउँदै यहि संगीतले फिल्मको व्यवसायलाई सफलताको बाटोमा लैजाने बताए । संगीतकार तथा गायक सुगम पोखरेलले पनि आफूले निकै मेहनत गरेर तयार पारेको संगीतलाई दर्शकले रूचाईदिएको प्रतिक्रिया पाईरहँदा खुसी व्यक्त गरे ।

 

निर्देशक प्रशन्न पौडेलले फिल्म निर्माणमा लामो समय लागेपनि दर्शकलाई राम्रो खुराक पस्किने जमर्को गरेको बताए । यसअघि 'स्वर' फिल्म निर्देशन गरेका पौडेलले कलाकारको मेहनत, कथाबस्तु, गीतसंगीत तथा प्रस्तुतीका हिसाबले फिल्म अब्बल बनेको दाबी गरे । निर्माता प्रजिता बज्राचार्यले भाई प्रशन्नकै लागि फिल्ममा लगानी गरेको बताईन् ।

 

बिम्लेश अधिकारी, किरण लाकौल, पूजा शर्मा, निर्मल शर्मा, सुनिल थापा लगायतको पनि अभिनय रहेको यो फिल्म यहि बैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई विदूर पाण्डेले खिचेका हुन् ।