मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.25/5.00)
Text size:-
+
-

नम्रतालाई मुस्किल छ पोखरामा

फिल्मीखबर, काठमाण्डौ, 2014/04/21

‘नोभेम्वर रेन’ को अडियो लञ्चमा अभिनेत्री नम्रता श्रेष्ठले भनेकी थिइन्, ‘आर्यनलाई सजाएर उसको बिहेमा जन्ती जान्छु ।’ आर्यनलाई सजाएर बिहेको जन्ती जाने नम्रताको सपना पूरा भएन । नम्रता विनै आर्यनले वैशाख ६ गते प्रेमिका सपनालाई भित्र्याए ।

 

आर्यन र सपनाको लगनगाँठो कस्नु पूर्व नम्रता थप स्वास्थ्य जाँच गराउने भन्दै पोखरातर्फ उडेकी थिइन् । नम्रता हालसम्म पोखरामै छिन् । काठमाण्डौ फर्कन अझै केही दिन लाग्ने नम्रताले बताइन् । उनले भनिन्, ‘डाक्टरले पूर्ण रुपमा ठिक नभएसम्म यात्रा नगर्नु भन्ने सल्लाह दिनुभएको छ ।’ आफ्नो शरीरमा पाइप समेत राखिएको नम्रताले बताइन् ।

 

आर्यनको बिहेमा सहभागी हुन नपाएको प्रसंगमा नम्रताले भनिन्, ‘मैले आर्यनलाई फोन पनि गरेको थिएँ । काठमाण्डौ आएपछि आर्यनले मलाई विशेष ट्रिट दिन्छ ।’ पोखराबाट आर्यनको बिहेलाई निकै नै मिस गरेको नम्रताले बताइन् ।

 

आउँदो शुक्रबार अर्थात वैशाख १२ गते प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’मा अभिनेता सिग्देलसँग नम्रताको दोश्रो पटक जोडी जम्दैछ । यद्पी नम्रता अस्वस्थताका कारण फिल्मको प्रचार प्रसारमा हिडिरहेकी छैनन् । पत्थरीको सर्जरी पश्चात पोखरामा नियमित डाक्टरी चेक जाँचमा रहेकी नम्रतालाई शिघ्र स्वास्थ्य लाभको कामना ।