Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसरी टुङ्गियो रेखा र छविको व्यवसायिक सम्बन्ध

फिल्मीखबर, काठमाण्डौ, 2014/04/18

अभिनेत्री रेखा थापा र निर्माता छवि ओझाको वैवाहिक जीवनसँगै व्यवसायिक सहकार्यले सम्भवतः पूर्णविराम लिएको छ । मिडियामा सम्प्रेषित अभिव्यक्तिलाई आधार मान्ने हो भने रेखा र छविले आगामी दिनमा कुनै पनि फिल्ममा सहकार्य गर्ने छैनन् ।

 

रेखा र छविको निकट मानिने श्रोतको भनाई छ, ‘रेखा र छवि अब व्यवसायिक रुपमा सँगै हुने छैनन् ।’ झन्डै एक दशकदेखिको रेखा र छविको व्यवसायिक सम्बन्ध किन र कसरी टुङ्गियो ? के रेखा र छवि व्यवसायिक रुपमा अब एक हुँदैनन् ? रेखा र छविको निकट मानिने विश्वस्त श्रोतलाई आधार बनाएर फिल्मीखबरले रेखा र छविको व्यवसायिक सम्बन्ध टुट्नुका कारण बारे केही प्रसंग बाहिर ल्याएको छ ।

 

श्रोत भन्छ, ‘दश बर्षे वैवाहिक सम्बन्ध टुङ्गिए लगत्तै छवि रेखाको विकल्पमा हिरोइन खोज्ने दौडमा थिए ।’ रेखासँग छुट्टिएपछि छविले निर्माण गरेको पहिलो फिल्म ‘हमेशा’ का लागि पनि नयाँ हिरोइनको खोजी गरिएको थियो । तर, खोजे जस्तो नव हिरोइन नभेटेपछि छविले रेखालाई ‘हमेशा’का लागि लिएका थिए । अभिनेता आर्यन सिग्लेललाई हटाएपछि रेखा पनि ‘हमेशा’ मा अभिनय गर्न राजी भएकी थिईन् । यसमा निर्देशक शविर श्रेष्ठले महत्वपूर्ण भूमिका खेले ।

 

‘हमेशा’ फिल्म पश्चात भने रेखा र छविको सम्बन्धमा चिसोपना आयो । ‘हमेशापछि रेखा र छवि दुवैले छुट्टिएर फिल्म निर्माण गर्ने मनस्थिति बनाइसकेका थिए,’ श्रोत भन्छ, ‘लोफर र काली त्यही मनस्थितिको उपज हो ।’ ‘लोफर’ र ‘काली’ निर्माणताका रेखा र छवि एकअर्कासँग बोल्दैनथे । अझ ‘लोफर’ र ‘काली’ एकसाथ जुध्ने भएपछि रेखा र छविले एकअर्काको विरुद्धमा अभिव्यक्ति समेत दिए ।

 

०७१ सालको फूलपातीमा ‘लोफर’ रिलिज गर्ने योजनामा रहेका छवि ‘काली’लाई रेखाले दशैंमा ल्याउने तयारी गरेपछि ‘लोफर’ फूलपातीमा रिलिज नगर्ने मनस्थितिमा पुगे । उता रेखाले मनोज राठी समुहसँग एड्भान्स रकम लिएर ‘काली’ लाई फूलपातीमा रिलिज गर्ने चाँजोपाँजो मिलाइ सकेकी थिइन् ।

 

छबि र रेखा बिच कस्को हार जीत भयो त्यसको मूल्याङ्कन बुझ्नेलाई श्रीखण्ड नै काफी छ । कार्यकारी निर्माता aराखेर रेखाको ‘काली’ लाई छविले आफ्नो बनाए । रेखाले पनि कर्मदाता भन्दै ‘काली’ छविको हातमा सुम्पिइन् । ‘काली’ बाट सुध्रिएको रेखा र छविको सम्बन्ध ‘लज्जा’ निर्माणसँगै भताभुङ्ग हुन गयो ।

 

मोडल शिल्पा पोखरेललाई अर्की रेखा थापा भन्दै ‘लज्जा’ फिल्ममा खेलाएपछि रेखा र छविको व्यवसायिक सम्बन्ध लभगभ टुङ्गिने अवस्थामा पुगेको थियो । जब छबिले 'हवल्दार सुन्तली'मा पनि रेखालाई नलिने निर्णय गरे त्यसपश्चात भने सम्बन्धले लगभग पूर्ण विराम नै पाएको छ । यद्पी छबि भने सम्बन्ध जता मोडिएपनि रेखालाई सन्तानको रूपमा सधैं माया गरिरहने बताउँछन् ।