Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`रेड मनसून` निर्देशकले भने, `हाम्रो परिचय खोइ ?`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/18

‘रेड मनसून’का निर्देशक इलम दिक्षितले नेपाली फिल्मको परिचय नै नभएको तर्क गरेका छन् । ‘रेड मनसून’ बारे जानकारी दिन आयोजित प्रेसमिटमा निर्देशक दिक्षितले भने, ‘हाम्रो परिचय खोइ ? हाम्रो समाजमा मोडल धेरै भए रोल मोडल चाहियो ।’

 

यही वैशाख २६ गते प्रदर्शन हुने फिल्म ‘रेड मनसून’ ले समाजको रोल मोडल खोज्ने प्रयास गरेको तर्फ इलमले इंगित गरे । 'रेड मनसून' हिरोज्म बिनाको फिल्म भएको बताउँदै इलमले भने, ‘हामीले मानवीय समवेदनालाई तानेका छौं ।’ काठमाण्डौको मछिन्द्रनाथको जात्रादेखि बाजा गाजा, भेषभूषा र परिवेशलाई उतारिएको ‘रेड मनसून’ एउटा क्लासलाई मात्रै नभएको उनले बताए । ‘हाम्रो फिल्म सबैका लागि हो’, इलमले भने ।

 

अभिनेत्रीद्धय सरिता गिरी र श्रृष्टी घिमिरेले फिल्मको चुनौतीपूर्ण भूमिकालाई सक्दो राम्रो गर्ने प्रयास गरेको बताए । संगीतकार लोचन रिजालले ‘रेड मनसून’ का गीत संगीत २० वर्षपछिसम्म पनि स्मरणीय रहने बताए । लेखक करुणा रिजालले भने मामुली कथामै राम्रो फिल्म बनेको बताइन् ।

 

ब्लु बग प्रोडक्सनको प्रस्तुती रहेको फिल्ममा सरिता र श्रृष्टीको साथमा हिमाली दिक्षित, सन्दिप क्षेत्री, सुदाम सिके लगायतको मुख्य भूमिका रहेको छ । प्रेसमिटमा फिल्म निर्माण गर्दाको सम्पादित फुटेजलाई देखाइएको थियो ।