Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

नेपालीभाषी चेलीलाई भारतको `नेश्नल अवार्ड`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/18

नेपाली भाषी अभिनेत्री गीताञ्जली थापालाई भारतको प्रतिष्ठित ‘नेश्नल अवार्ड’ प्राप्त भएको छ । भारतको नयाँ दिल्लीस्थित बुधबार सम्पन्न नेश्नल फिल्म अवार्डको ६१ औं संस्करणमा गीताञ्जलीले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी हुन् ।

 

गीतु मोहन दास निर्देशित फिल्म ‘लायर्स डायर्स’ मा निभाएको उत्कृष्ट अभिनयले अभिनेत्री थापालाई उक्त उत्कृष्ट अवार्ड दिलायो । मोडलिङ हुँदै भारतको रंगीन दुनियाँमा प्रवेश गरेकी गीताञ्जलीको पहिलो फिल्म प्रशान्त रसाइली निर्देशित ‘मिथ’ हो । सिक्किममा पढ्दाताका उनी फिल्म क्षेत्रतिर मोडिएकी थिइन् ।

 

गीताञ्जली सन् २००७ मा सम्पन्न ‘मिस नर्थ इस्ट’ की टाइटल विजेता समेत हुन् । गीताञ्जली हाल इमरान हासमी आपोजिट रहेको फिल्म ‘ह्वाइट लाइज’ को सुटिङमा व्यस्त छिन् । फिल्मलाई ओस्कार विजेता निर्देशक डानिस तानोभिचले गरिरहेका छन् । गीताञ्जलीलाई बधाई !