Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दमदारले बिकृती बिरुद्द आवाज उठाउने

अर्पण ढकाल, धरान, 2014/04/18
बैशाख २६ बाट देशभर प्रदर्शनमा आउने क्रममा रहेको फिल्म 'दमदार'ले  समाजभित्र देखिएका बिकृती विसंगती बिरुद्द आवाज उठाएको फिल्मका कार्यकारी निर्माता चन्द्रप्रसाद गौतमले जानकारी गराएका छन् । दमकमा फिल्मको जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो जानकारी गराएका हुन् ।
 

काठमाडौँ बाहिर फिल्मको छायांकन गर्नु फलामको च्युरा चपाए जस्तै रहेको बताउदै संबिधानसभाको चुनाब ताका निकै दु:ख र मेहनत गरेर उत्कृष्ट फिल्म बनाउने प्रयास गरेको उनको कथन थियो । पूर्वको ग्रामिण गाउँ र बिपन्न जातिका झुपडी र छाप्राहरुमा फिल्म छायांकन गरिएकोले मौलिकतालाई पर्दामा उतार्न फिल्म सफल रहेको उनले दाबी गरे ।

 

पूर्वको मोरङ, झापा लगायतका स्थानमा फिल्मको अधिकांश दृश्यको छायांकन गरिएको छ । फिल्मको कथाबस्तुले नै पूर्वको लोकेशन मागेकोले धेरै जसो पूर्वमा छायांकन गरेको उनको तर्क थियो । फिल्मले इमान्दार प्रहरी र उसमाथि आउने विभिन्न समस्यालाई प्रस्तुत गरेको उनले बताए ।

 

फिल्ममा अनाथ बालिकाको भूमिकामा आफु प्रस्तुत भएको बालकलाकार आयुसा गौतमले जानकारी गराईन् । कमलकृष्णले निर्देशन गरेको फिल्ममा सुमन बिष्टको समेत लगानी रहेको छ । फिल्ममा सबिन श्रेष्ठ, रेखा थापा, बासु पुडासैनी, कमलकृष्ण लगायतका कलाकारले अभिनय गरेका छन् ।