Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`हँसिया`को प्रिमियरका लागि लण्डन पुगे हमाल

फिल्मीखबर, काठमाण्डौ, 2014/04/18

अभिनेता राजेश हमाल लण्डन पुगेका छन् । भोली शनिबार लण्डनमा हुन लागेको फिल्म 'हँसिया'को रेड कार्पेट प्रिमियरका लागि हमाल त्यसतर्फ गएका हुन् । जेष्ठमा बिबाह गर्न लागेका हमाललाई व्यस्तताका बाबजुत पनि निर्देशक मिलन चाम्सले रेड कार्पेट प्रिमियरमा दर्शकमाझ हमाललाई उपस्थित गराउन सफल भएका हुन् ।

 

लण्डनको प्रिन्सेस हलमा स्थानिय समय अनुसार दिउँसो २ बजेदेखि शुरू हुने 'हँसिया'को रेड कार्पेट प्रिमियरमा हमालसहित निर्देशक मिलन चाम्स, निर्माता दुर्गा घले र हलिउडको फिल्ममा अभिनय गरिरहेका कलाकार विजय लामा सहभागी हुनेछन् । प्रिमियरको टिकट सबै बिक्री भईसकेको जानकारी दिंदै निर्देशक चाम्सले अर्को शोको प्पनि तयारी भईरहेको बताए ।

 

जेठ ९ गते नेपालमा रिलिज हुन लागेको एक्सन शैलीको यो फिल्मलाई हङकङमा पनि छिट्टै रिलिज गर्ने निर्देशक चाम्सले बताए । अन्य देशमा पनि रिलिजको कुरा चलिरहेको उनको भनाई छ । हेमा श्रेष्ठको स्टन्टले भरिएको यो फिल्ममा राजेश र हेमाको साथमा अनुप बिक्रम शाहीको पनि मुख्य भूमिका छ ।