चलचित्र कलाकार संघले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघको सदस्यता लिएका कलाकारले रगत दान गराएका छन् । रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजना गरिएको कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए ।
.jpg)
धिरेन शाक्य, रुपा राणा, सुमिना घिमिरे लगायतका कलाकारले आफ्नो रगत दान गराए । अग्रज कलाकार बसुन्धरा भूषाल, भूपेन चन्द, रमेश बुढाथोकी लगायत रक्तदान कार्यक्रममा सहभागी भएपनि रक्तचाप तथा सुगरका कारण उनीहरुले रगत दान गर्न पाएनन् ।
०७१ सालको शुभकामना समेत आदान प्रदान गरिएको कार्यक्रममा विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता प्रमुख अतिथि थिए । कलाकार संघका अध्यक्ष नवल खड्काले सामाजिक दायित्व महसुश गरेर रक्तदान कार्यक्रम राखिएको बताए । नवलको नेतृत्वमा कलाकार संघले बाग्मती सफाइ कार्यक्रम पनि चलाइ रहेको छ ।

