Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

कस्तो होला गुण्डा नलड्ने वर्ल्ड कप खेल ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/17

कलाकार गोपाल अर्यालले ‘वर्ल्ड कप इन नेपाल’ फिल्म मौलिक विषयमा आधारित रहेको बताएका छन् । उनले भने, ‘हाम्रो फिल्ममा २० जना गुन्डा लड्दैनन् । बिदेशी फिल्मबाट चोरिएको छैन ।’

 

बिहीबार सम्पन्न प्रेसमिटमा गोपालले भने, ‘फिल्म समाजको हैन हो । एउटै फिल्म भएपनि ‘बेहुली’ फिल्मको हिरो हिरोइन हुँ भन्न गर्व लाग्छ । 'वर्ल्ड कप इन नेपाल' फिल्म खेल्न पाएकोमा आफुलाई गर्व गर्छु ।’ फिल्ममा कलाकार अर्याल सहित उमेश थापा, प्रबिन तामाङ, एलेन न्यौपाने, सुजन तामाङ, विपिन सापकोटा, आदित्य चौधरी, गिरीप्रसाद पुन, शर्मिला शर्मा, सोनु केसी, संगम राईको भूमिका छ ।

 

१९ वर्ष मूनिका बालबालिकाको फुटबलप्रतिको मनोभावलाई फिल्ममा मुख्य रुपमा प्रस्तुत गर्न खोजिएको छ । फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् भने निर्माण प्रकाश थापा र राम तामाङको छ । जुगल डंगोलको संगीत रहेको फिल्ममा दुई गीत समावेश छन् ।

 

 

मनिष पन्तको छायाँकन रहेको ‘वर्ल्ड कप इन नेपाल’लाई गोरखास्थित बारपाक गाउँमा झन्डै ९५ प्रतिशत छायाँकन गरिएको छ । प्रदर्शनको दश दिन अगावै वितरण कम्पनी दर्शना आर्टस्ले यही वैशाख ९ गते प्रिमियर गर्नेछ । जहाँ राष्ट्रिय फुटबल खेलाडी एवं सम्बद्ध संघ संस्थाका पदाधिकारीहरु सहित सञ्चारकर्मी र केहि फिल्मकर्मी सहभागी हुनेछन् ।