Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नोभेम्वर रेन`को प्रचारबाट नम्रतालाई आराम

फिल्मीखबर, काठमाण्डौ, 2014/04/17

अभिनेत्री नम्रता श्रेष्ठको पत्थरीको अप्रेशन गरिएको छ । अप्रेशन पछि यतिबेला नम्रता रेष्टमा छन् । आराम गर्नुपर्ने भएकाले आउँदो शुक्रबार वैशाख १२ गते प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’ को प्रचार प्रसार कार्यक्रममा सहभागी हुन नपाउने नम्रताले बताइन् ।

 

फिल्मीखबरसँग नम्रताले भनिन्, ‘केही साता आराम गर्नुपर्छ । त्यसैले ‘नोभेम्वर रेन’ को प्रचार कार्यक्रममा सहभागी हुन सक्दिन । तर, फोनबाटै भएपनि ‘नोभेम्वर रेन’को प्रचार प्रसारमा सघाउँछु ।’ नम्रता बिरामी पर्नु र छुल्ठिम गुरुङसँग सम्बन्ध गुलियो नभएपछि ‘नोभेम्वर रेन’ युनिट यतिबेला दुई हिरोइन बिनै फिल्मको प्रचार प्रसारमा व्यस्त छ । सुवास गिरी निर्मित ‘नोभेम्वर रेन’ लाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

 

यस्तै नम्रता बिरामी भएपछि फिल्म 'अधकट्टी'को सुटिङमा पनि प्रभाव परेको छ । निर्देशक सुब्रत आचार्यले नम्रतालाई आराम मिलेपछि सुटिङ गर्ने बताए । चितवनको सुटिङ सकेर काठमाण्डौ फर्केका निर्देशक आचार्यको 'अधकट्टी'मा नम्रताको बिशेष भूमिका छ ।