Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्लेब्याकमा श्रेयाको डिमान्ड बढ्दै

फिल्मीखबर, काठमाण्डौ, 2012/06/29

'मेरो एउटा साथी छ' बाट फिल्ममा पनि गीत गाउन सुरु गरेकी गायिका श्रेया सोताङको पाश्र्व गायन (प्लेब्याक) मा डिमान्ड हुन थालेको छ । 'मेरो एउटा साथी छ' मा उनले ग्रुप भ्वाईस दिएकी थिईन् तर रमेश बुढाथोकी निर्देशित फिल्म ग्याम्बलरमा उनले पहिलो पटक सोलो गित गाउने मौका पाईन् । जुन फिल्म प्रदर्शनको तयारीमा छ । 

 

श्रेयाले फष्ट लभमा पनि ग्रुप भ्वाईसमा आफ्नो पनि अवाज दिएकी थिईन् । त्यसपश्चात उनले तुलसी घिमिरेको मृगतृष्णमा पनि स्वर भर्ने  मौका पाईन् तर धित फुकाउने गरी उनका लागि भिसा गर्ल बन्यो फिल्मी ब्रेक जहाँ उनले तीन वटा गितमा स्वर भर्ने मौका पाईन् । भिसा गर्ल प्रतिछित फिल्मको सूचिमा छ जसलाई हिरोईन ऋचा शर्मा र हिरो बिनय श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।

यस्तै श्रेयाले केही समय अघि सुटिङ सकिएको सुरज सुब्बाको फिल्म मेरो भ्यालेन्टाईनमा पनि प्यापी नम्बरको गितमा आफ्नो स्वर दिएकी छिन् । कलाकारको सन्तानको रगतमा स्वत कला भरिएको हुन्छ भने झै गायक बाबु उदय सोताङ र गायिका आमा मनिला सोताङको स्वरले एक बर्गको संगीत पारखीमा छाप छाड्न सफल भए झै युवा पुस्ता माझ श्रेया रुचाईएको गायिका भित्र पर्दछिन् ।

 

'अन्य कलेक्सन एल्बम भन्दा फिल्ममा गाउन केही कठिन हो तर टेक्नोलोजीले त्यो पनि सहज भएको महुसस गरेको छु', न्यूरोड स्थित तास अडियो स्टूडियोमा 'रङ'  फिल्मको टाईटल ट्र्याकमा स्वर भरिरहेको अवस्थामा भेटिएकी उनले भनिन् । 'टाईटल ट्र्याकमा श्रेया जीले नै गाउन सक्नु हुन्छ भनेर हामीले उहाँलाई चुज गरेका हौ', निर्देशक रोशन हमालले भने ।


भिन्न शैलीको गीत गाउने स्टाईलकी धनी श्रेयाले पछिल्लो समय फिल्मकेरहरुबाट गीत गाउन प्रस्ताव आउन थालेको बताईन् । यध्यपी म्यूजिकको पिच नमिल्दा केही प्रोजेक्ट पनि छाडेको उनको भनाई छ । तर उनी कलालाई सम्मान गर्दै पुराना र नयाँ मेकर भनेर आफूले नछुट्टयाउने बताईन् । उता श्रेयाको गाउने शैलीबाट मख्ख भएका युवा संगीतकार एलिश कार्कीले फिल्मको डेब्यू म्यूजिकलाई श्रेयाको स्वरले न्याय गरेको बताए ।

 

व्याकग्राउन्ड म्यूजिकमा पछिल्लो समय निकै नाम कमाएका एलिशले रङको शिर्ष गितबाट म्यूजिक ब्रेक पनि पाएका छन् । उनले पछिल्लो समय निकै चर्चामा रहेका प्रदर्शन्मुख  मायाज बार र फेसबुकमा पनि व्याकग्राउन्ड म्यूजिकको काम गरेका छन् । सुमन सिंह, मुकेश आचार्य, सुमिना घिमिरे तथा दीपशिखा शाही प्रमुख भूमिकामा रहेको सो फिल्म सम्भव भए सम्म भदौको पहिलो हप्ता भित्र रिलिज गरिने निर्देशक हमालको भनाइ छ ।

 

कडा परिश्रमका साथ पोष्टप्रोडक्सनमा ब्यस्त रहेका रोशनले टाईटल ट्र्याकको लागि पुनः सुटिङ गरिने बताए । उनले भने, 'यो समयको माग भएकाले टाईटल ट्र्याकलाई पनि मैले फिल्ममा स्थान दिएको हू ।' अंग्रेजी र नेपाली शब्द रहेको सो गितलाई उनी र बाबुराम दाहाल मिलेर लेखेका हुन् ।
 

Most Visited News (monthly)