Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा र उनको नयाँ घर

फिल्मीखबर, काठमाण्डौ, 2012/06/28

दुई महिना अघि फिल्मीखबरले एक्सक्लुसिभ रुपमा लेखेको थियो हिरोईन रेखाले काठमाण्डूको चाबहिल मित्रपार्क मेन हाईवेमा रहेको अम्बे अपार्टमेन्टमा फ्ल्याट किनेकी छिन् भनेर जुन समाचार किन सार्वजनिक गरियो भन्दै रेखाले फिल्मीखबरसंग बादविवाद पनि गरेकी थिईन् । तर  समयले कोल्टे फेर्दै गएपछी छवि ओझासंग उनको सम्बन्ध सुधारको बनावटी  प्रयासको ठूलो स्क्याण्डल पश्चात सो अपार्टमेन्टको समाचार चौतर्फी आयो ।

 

खुशी फिल्मको सुटिङ समयमा किनिएको भनिएको सो फ्ल्याटमा रेखा आजकाल आफ्नी आमाको साथ बस्दै आएकी छिन् ।  जुन फ्ल्याटमा आनन्दित मुद्रामा रहेको फोटो रेखा आफैले सार्वजनिक गरेकी छन् । रेखाले बुधबार आफ्नो फेसबुकबाट फोटो  सार्वजनिक गर्दै लेखेकी छिन्, 'म अनि मेरो घर' । सार्वजनिक गरिएको सो फोटाबाट के अनुमान लगाउन सकिन्छ भने रेखाको फ्ल्याट निकै सुविधा सम्पन्न रहेको छ ।

यस्तै फिल्मीखबरलाई प्राप्त खबर अनुसार सम्बन्ध सुध्रियो भनी मिडिया सामुन्ने देखाएको बनावटी नाटक पश्चात रेखाले आफ्नो नाममा रहेको छवि ओझाको घरलाई छविकै नाममा पास पनि गरिदिएकी छिन् । जसबाट स्वत: पुष्टी हुन्छ छवि र रेखाको सम्बन्ध अब मात्र  प्रोड्यूसर र हिरोईनको भएको छ । यध्यपी रेखाले छविराज प्रोडक्सनको फिल्म खेल्दिन भनी फिल्मीखबरलाई दिएको समाचारले नमस्ते नेपालमा हलचल ल्याएको छ । सो बिषयमा आपत्ती जनाउदै छविले भनेका छन्, 'हामीले उहाँलाई कहिले पो लिने भनेका थियौ र उहाँले खेल्दिन भन्नु भयो ।'

नयाँ फिल्मको प्रि–प्रोडक्सनको अन्तिम चरणमा रहेका छविले सो फिल्ममा रेखालाई पनि खेलाउन सक्ने सम्भावना रहेको बुझिएको थियो तर रेखाको स्टेटमेन्टले छविको मुड पुन चेन्ज भएको देखिएको छ । छविले छविराज प्रोडक्सनको पहिलो फिल्म खेलाउन अमेरिकाबाट हिरोईन बोलाएका छन् । जसको नेपाल फर्किने टाईम नमिल्दा असार ७ गते सुरु गरिने भनिएको उनको फिल्मको सुटिङ अझै सुरु हुन नसकेको हो । नाम नभन्दै छविले अमेरिका बाली हिरोईनको तस्बिर पनि देखाएका छन् । ती हिरोईन झट्ट हेर्दा हलिउड अभिनेत्री  एञ्जोलिना ज्वली जस्ती छिन् । अमेरिका वाली हिरोईन छविको साथीको छोरी रहेको बुझिएको छ । यध्यपी केही दिन यि सम्पूर्ण विषयको अफिशियल एनाउन्स हुने छविले बताए ।  
 

Most Visited News (monthly)