Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

प्रहरी चौकीमा विनिता बरालको भनाभन

अनुप भट्टराई, ललितपुर, 2012/06/21

फेसबुक मार्फत विभिन्न गाली बेईज्जत गरेको आरोप लगाउदै चपली हाईट हिरो राज घिमिरेले सोही फिल्ममा आफूसंगै लिड रोलमा खेलेकी  हिरोईन विनिता बराल र मोडल दिक्पाल कार्की विरुद्ध प्रहरी चौकीमा उजुरी दिएपछी लफडा सुरु भएको छ । 

 
भाई मान्दै आएकी दिक्पालको पक्षमा बोल्न बिनिता बुधबार रातको दश बजे सम्म ललितपुर जावलाखेल स्थित प्रहरी चौकी थिईन् । जहाँ क्राईम डिपार्टमेन्टले आरोप लगाउने पक्ष र आरोपितको बयान लिएको छ । यस्तै प्रहरीले आरोपको घेरामा ज्यादा शंकास्पद देखिएका दिक्पाललाई हिरासतमा पनि राखेको छ । दिक्पालले विनय डिसी र  सगुन केसीको नामबाट चलाउदै आएको फेसबुक एकाउन्ट बाट विभिन्न गाली बेईज्जतीको शब्द दिएको र आफ्नो नम्बर अरुलाई बाढ्दै हिडेको आरोप लगाउदै राजले उनलाई कारबाही गर्न प्रहरी गुहारेका हुन । तर दिक्पालले सो नामको फेसबुक एकाउन्ट आफूले चलाउने नगरेको बताएका छन् तर राजले प्रमाण दर्हो भएको भन्दै दिक्पालकै एकाउन्टबाट आएको  म्यासेज देखाएपछी दिक्पालले आफ्नो एकाउन्ट ह्याक भएको तर्क गरेपछी विवाद थप लम्बिएको छ । दिक्पाललाई त्यस्तो लेख्न विनिताले प्रेरित गरेको भन्दै राजले विनिता पनि दोषी रहेको प्रहरी बयानमा भनेका छन् । आरोप लागेपछी प्रहरी चौकीमा राज र विनिताको चर्को झगडा भएको थियो । बयान लिने क्रममा राज र विनिताको भनाभन यति सम्म भयो कि विनिताले राजको टाउको हेलमेटले फुटाई दिन  पछि नपर्ने पनि  बताईन् । 
 
यस्तै विवादको घेरोमा दिक्पाललाइ आरोप लगाउने पक्ष  थपिएपछी प्रहरीले पनि घटना गहिरो रहेको भन्दै अनुसन्धानलाई तिब्र ढङ्गमा अघि बढाउने तयारी गरेको छ । जस अनुरुप बिहिबार बिहान फष्ट आवरमा प्रहरीले विवादमा मुछिएका विनिता, दिक्पाल  र राजको थप बयान लिने भएको छ । यसैगरी निर्देशक आलोक नेम्बंग पनि सो विवादमा मुछिएका छन् । घटना घुमारो ढङ्गमा बाँगीएपछी दिक्पालले आलोक नेम्बंगको नाम लिखित रुपमै बयानमा दिएका छन् । उनले बयानमा विगत एक बर्षदेखि आलोकले आफूलाई सेक्सुअली ह्यारेस गरेको उल्लेख गरेका छन् । जसकारण आलोकलाई पनि बयानका लागि प्रहरीले झिकाउने तयारी गरेको हो । 
 
 
यस्तै फेसबुक मार्फत गाली बेईज्जत आफूलाई पनि गरेको भन्दै निर्देशक ऋषि लामिछाने, निर्माता राजेश घतानी र स्क्रिप्ट राईटर शिवम अधिकारी पनि प्रहरी चौकी पुगी आफ्नो भनाई राखेका थिए । विनय डिसी भन्ने फेसबुक प्रयोगकर्ता जसले आफूहरुलाई पनि सोही प्रकृतिको छाडा म्यासेज पठाएको उनीहरुको भनाई छ । बिनय डिसी भन्ने सो ब्यक्तिले राज घिमिरेको मोबाईल नम्बर लेखेर पठाउदै हिम्मत भए कल गर भनी धम्की पूर्ण भाषामा विभिन्न अपशब्द प्रयोग गरेको उनीहरुको भनाई छ । 'हाम्रो भनाई केही छैन जो दोषी हो उसलाई कारबाही हुनु पर्छ ।'  प्रहरी चौकीमा भेटिएका निर्देशक लामिछानेले भने । यस्तै निर्माता घतानीले आफुले पनि विनय डिसी नाम गरेको फेसबुक एकाउन्ट बाट सहन नसक्ने गरी गाली पाएको बताएका छन् । 'सुरुमा नम्बरनै दिएर धम्की दिएपछी मेरो पनि केही बेर झगडा भयो पछि परिचय हुदा थाहा भयो राज भनेर अनि घटनालाई प्रहरी सम्म पुर्याउन मैले पनि सहयोग गरेको हुँ उसलाई'  स्क्रिप्ट राईटर अधिकारीले भने । 
 
'म कुनै हालतमा अपराधीलाई छोड्ने छैन् किन कि यो अपराधीले तपाईलाई भोली पनि दुःख दिनसक्छ त्यसैले अपराधी पत्ता नलागुनजेल सम्म थाक्ने छैन म ।'  हिरो राजले भने । उनले आफ्नो नम्बर दिक्पालले बाड्दै हिडेको र विभिन्न पक्षबाट अनावश्यक धम्कीको भाषामा फोन आएकाले प्रहरीको साहारा लिएको बताए ।  उता विनिता बरालले कुनै पनि हालतमा आफूहरु दोषी नरहेको भन्दै कानुनत डटेर अघि बढ्ने बताईन् । उनले भनिन् 'मेरो भाई निर्दोष छ त्यसैले उसका लागि म लड्न सक्छु ।'  विनिताले पनि प्रहरीको बयानमा विवादको जड आलोकनै रहेको बताएकी छिन् । तर आलोकको प्रसङ्ग किन कसरी आयो प्रष्टीसकेको छैन् । चपली हाईट खेलेपछि आलोक संग बिनिताको सम्बन्ध बिग्रीएको थियो जुन सम्बन्ध ३६ को आकंडामा  परिणत  भएको  छ  अहिले ।
 
हालको सम्मको प्रहरी बयानमा राज भन्दा दिक्पाल कमजोर देखिएपछी ईन्सपेक्टर अवधेष विष्टले क्राईम स्पेशलिष्टलाई मुद्दा ह्याण्ड ओभर गरेका छन् । बुधबार दिनभर उक्त  मुद्धा उनले हेरेका थिए । विशेषत  दिक्पालको साथी उज्जवल गिरीले विनय डिसी र सगुन केसीको फेसबुक एकाउन्ट दिक्पालले नै चलाएको आफूले प्रत्यक्ष  देखेको भनी प्रहरीमा बयान दिएपछी राजको ईश्यू मजबुत भएको छ ।  चौकीमा दिक्पालका सहकर्मी एसराज जो हिरो हुन  र मोडल सौरभ राज तुलाधरले पनि दिक्पाल दोषी हुन सक्ने तर्क गरेका छन्  । यध्यपी प्रहरीले अनुसन्धान प्रक्रिया  पुरा भईसकेपछि मात्र दोषी ठहर गर्ने बताएको छ । 
 
 
Most Visited News (monthly)