Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुटिङमा रेखा घाईते भएपछी हस्पिटल भर्ना

फिल्मीखबर, काठमाडौँ, 2012/06/06

बुधबार बिहान पोखराको शान्तिबनमा जाउँ हिड पोखराको सुटिङ्ग चलिरहँदा घाईते भएपछी अभिनेत्री रेखा थापा लाई हस्पिटल भर्ना गरिएको छ । बिहान देखि फाईटको सुटिङ चलिरहँदा चेजिङ सिन खिच्ने क्रममा १५ फिट माथिबाट हाफ फाल्ने क्रममा रेखाको खुट्टा मर्किएको छ ।

 

विना फम १५ फिट माथिको भिरबाट हिरो जिवन लुईटेलसंगै हाम फाल्ने क्रममा उनको दाहिने खुट्टा मर्किए पछी निकै सुन्निएको छ । राजेन्द्र खड्गीको निर्देशनमा फाईट चलिरहँदा पाँचौ टेकको क्रममा उनी घाईते भएको निर्देशक शोभित बस्नेतले जानकारी गराए ।  हस्पिटलको ईमरजेन्सी वार्डबाट फोनमा कुरा गर्दै बस्नेतले भने, 'केही बेरमै एक्सरे हुँदैछ हेरौं के रिपोर्ट आउछ ।' उनले भने खुट्टा, 'साँच्चिकै भाँचियो भने रेखा पूर्ण रुपमा निको नहुन्जेल सुटिङ बन्द गर्नु पर्ने हुन्छ । कारण हरेक दिनको सुटिङ रेखा बिना अघि बढ्न सक्दैन ।' 

 

सुटिङ रोकीएको खण्डमा शोभितलाई अनपेक्षित धक्का लाग्ने निश्चित छ । केही बर्ष अघि शोभितको फिल्म मिसन लभ ईन सिक्किमको सुटिङ सेटमा पनि हेलिक्प्टरबाट हाम फाल्ने सिनमा रुष्मा राईको खुट्टा भाँचिएको थियो । 'तल फम राखेर खिच्ने अवस्था पनि थिएन किनकि भिलेनहरुलाई संगैको दृश्यमा देखाउनु पर्ने थियो तर रेखाले हिम्मत देखाउदा देखाउदै यस्तो भयो', बस्नेतले भने ।

 

शोभितले यो फिल्मलाई उत्कृष्ट शैलीले निर्देशन गर्न कम्रमाईज नगरेको पनि बताएका छन् । पोखराको मेट्रो सिटी हस्पिटलमा भर्ना भएकी रेखाको एक्सरे रिपोर्ट के आउछ अपडेट गराउने छौ । हस्पिटलमा निर्देशक बस्नेतको साथमा राजेन्द्र खड्गी र जिवन लुईटेल पनि संगै छन् ।

Most Visited News (monthly)