Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

लाईक गरे डिभिडीमा बिशेष छुट

फिल्मीखबर, काठमाण्डौ, 2012/05/28

डिभिडी व्यवसाय गर्दै आएको हाईटेक इन्टरटेन्मेन्टले दर्शकहरूलाई 'लाईक स्किम' ल्याएको छ । उक्त 'स्किम' अर्न्तगत हाईटेकको फेसबुक पेजलाई लाईक गरे रू २७५ पर्ने डिभिडीलाई रू १७५ मा दिईनेछ । हाईटेक इन्टरटेन्मेन्टका सञ्चालक राजेन्द्र मानन्धरले दिएको जानकारी अनुसार लाईक गर्ने जो कोहीले आफूलाई सम्पर्क गरेमा नेपाली फिल्मको डिभिडीमा रू १०० छुट पाउने छ ।

 

यता लगातारको बन्दले गर्दा नयाँ फिल्मको डिभिडी निकाल्न नसकेका राजेन्द्रले आजबाट सबै तिर बन्द खुलेको भन्दै आजै फिल्म 'ब्रेकफेल' को डिभिडि बजारमा ल्याएका छन् । डिभिडी रिलिज गरे लगत्तै फिल्मीखबरसँग कुरा गर्दै राजेन्द्रले भने, 'बैशाख महिनामा नै निकाल्ने तयारी गरेको थिएँ तर लगातारको बन्दले गर्दा निकाल्न सकेको थिईन् । आजबाट बन्द खुल्यो त्यसैले बिहानै डिभिडी बजारमा पठाई सकें ।'
 

वर्ल्डवाईड मुभि मेकर्सको व्यानरमा शंकर घिमिरेले निर्देशन गरेको सो फिल्ममा राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, बिमलेश अधिकारी, चिरन, सुवास थापा, पुष्कर भट्ट लगायतले अभिनय गरेका छन् । लाईट कमेडी सो फिल्म गत भाद्र महिनामा रिलिज बहेको थियो जुन फिल्मले व्यवसायिक असफलतालाई आत्मसाथ गर्नु परेको थियो ।

 

नायिका ऋचा घिमिरेको प्रस्तुती रहेको ब्रेकफेल मसलेदार कमेडी फिल्म हो । मनोज कुमार घिमिरे, शिबहरी कार्की र प्रदिप सिंहले निर्माण गरेको सो फिल्ममा द युनिटी व्यान्डको साथमा सत्यस्वरूपको पनि संगीत रहेको छ । फिल्मलाई काठमाण्डौ, चितवनको साथमा सुदूर पश्चिमका रमणिय स्थानमा छायाँकन गरिएको हो ।

Most Visited News (monthly)