श्रावण १८ मोफसल र १९ गतेका लागि राजधानी रिलिज तोकिएको मायाजको बारको पब्लीसिटीलाई तिब्रता दिदै श्रीराम बालाजी फिल्मसले आफ्नो फिल्मको अफिसियल ब्लग mayasbarmovie.com बनाएको छ ।
हाई मेकिङ्गमा दिनेश डिसीको निर्देशनमा तयार भईरहेको सो फिल्मको बजेट फ्लोरमै १ करोड १० लाख क्रस भएको बताईएको छ । जसकारण रिलिज डेट सम्म फिल्मको बजेट डेढ करोड पुग्ने निश्चित छ । तीन महिना सम्म सुटिङ गरिएको सो फिल्ममा राजेश हमाल, करिश्मा मानन्धर, निशा अधिकारी र हिरोमा डेब्यू गर्दै गजित बिष्ट लिड रोलमा छन् । यस्तै २३ बर्षे अभिनय यात्राको दौरानमा अभिनेता हमाल केही फिल्ममा नेगेटिभ भूमिकामा प्रस्तुत भैसकेपनि यो फिल्मबाट सशक्त भिलेनको रोलमा दर्शक माझ आफूलाई प्रस्तुत गराउदैछन् ।
। 

'मेरो आफ्नो नाममा मैले दिनेश डिसी डट कम खोल्न लागेको थिए तर अरु कसैले सो नाम रजिष्टर गरेका कारण मैले त्यो नाममा वेवसाईट बनाउन पाईन र पछि डिसी दिनेश राख्नु पर्यो जुन पिडा फिल्मको वेवसाईट बनाउदा पनि पनि भोग्नु पर्यो' दिनेशले सोचे अनुरुप मायाज बारको डोमेननेम नपाएको बिषयमा भने । उनले मायाज बार दर्ता गर्न खोजेका थिए तर यूकेको एक होटलले सो नाममा वेवसाईट संचालन गरेपछी ब्लग बनाएको डिसी बताउछन् ।
डिसीका अनुसार फिल्मको प्रोष्टप्रोडक्सन कार्य अहिले तिब्र गतिमा अघि बढिरहेको छ । केही दिन अघि फष्ट लुक पोष्टर सार्वजनिक भएपछी फिल्मको चर्चा अनुसारको पोष्टर नभएको कमेन्ट ज्यादा खेपेका डिसीले यो बिषयमा लुटको पब्लीसटी समयमा पनि त्यसको फन्टको बिषयमा विभिन्न टिकटिप्पणी भएको थियो तर पछि फिल्म हिट भएपछी सवैले यि सव कुरा स्वीकारेको भन्दै आफूनो पोष्टरमा पनि त्यही कुरा लागु हुनॆ बताए । केही दिन पश्चात प्रोमो र तथा गित राख्ने तयारीमा रहेका डिसीले सार्वजनिक गरिएको वेवसाईटमा फिल्मको पोष्टर तथा कलाकर टेक्निसयनको विवरण मात्र राखेका छन् अहिले ।

