Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

द लास्ट किस १२ गते नै लाग्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/05/23

बन्दको अन्यौलमा परि फिल्म रिलिज पोष्टपोण्ड भईरहेको अवस्थामा 'द लास्ट किस' भने आफ्नै घोषित मितीमा रिलिज हुने भएको छ । १२ गते रिलिज डेट तोकिएको सो फिल्म बन्द भए पनि सोही दिन रिलिज हुने निर्देशक बिबि फुँयालले फिल्मीखबरलाई जानकारी दिए ।

 

'मैले त रिलिज नगरौं भनेको थिएँ तर बितरकहरूले १२ गते नै रिलिज गर्ने भनेकाले हामी अवस्था जस्तो भए पनि रिलिज गर्ने तयारीमा छौं', निर्देशक फुँयालले भने, 'संविधानको मिती पनि तीन महिनाका लागि सरेको छ त्यसैले बन्द हुँदैन कि जस्तो पनि छ । बन्द भएन भने नेपालभर एकसाथ रिलिज गर्छौं अन्यथा काठमान्डौमा मात्र रिलिज गर्छौं ।' राजधानी बाहिरका केहि स्थानमा अझै पनि बन्द भएकाले काठमाण्डौमा मात्र रिलिज हुने संभावना बढि रहेको निर्देशक बताउँछन् । १२ गतेकै लागि रिलिज डेट तोकिएको फिल्म 'मालतीको भट्टी' भने अनिश्चित कालका लागि पोष्टपोण्ड भएको छ ।

 

रिलिज पूर्व नै सार्वजनिक प्रोमोले बिबाद सँगै चर्चा पाएको द लास्ट किस सामाजिक नारि प्रधान फिल्म भएको बताईएको छ । सेन्सर बोर्डको केहि झमेला पश्चात केहि सिनमा कैंची लगाईएको सो फिल्ममा पुस्करजंग थापा, शोभीता सिम्खडा र सुरेश चौधरीको मुख्य अभिनय रहेको छ । फिल्मलाई युबराज खत्रीले निर्माण गरेका हुन् ।

Most Visited News (monthly)