Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेखा फिल्म्स छोडी छविराज प्रोडक्सन दर्ता

अनुप भट्टराई, काठमाण्डौ, 2012/05/15

रेखा थापासंग छवि ओझाको असन्तुष्टी कति सम्म बढेको रहेछ भन्ने कुराको पुष्टी सोमबार भएको छ । किनकी श्रीमती रेखाको नामको ब्यानर छँदाछँदै छविले सोमबार आफ्नै नामबाट नयाँ फिल्म कम्पनी छविराज प्रोडक्सन दर्ता गरेका छन् ।

 

नयाँ कम्पनीबाट छविले निर्देशक सविर श्रेष्ठलाई लिएर नयाँ प्रोजेक्ट निर्माण यहि जेठ महिनाबाट सुरू गर्दैछन् । जुन खबर निरन्तर रूपमा फिल्मीखबरले पन्ध्र दिन अघि देखि सार्वजनिक गरिरहेको थियो । 'यो कम्पनी सवैका लागि हो जो रेखा फिल्मसंग असन्तुष्ट थिए उनीहरू सहित रेखाका लागि पनि हो', आफ्नो नामबाट नयाँ कम्पनी दर्ता पश्चात छविले फिल्मीखबरसंग भने । छविको नामबाट दर्ता भएको ब्यानरमा अब रेखा देखिने सम्भावना न्यून रहेको बुझिएको छ ।

छविले रेखासंग जति पनि चर्चित कलाकारहरूको असन्तुष्टी थियो उनीहरूले आफूसंग काम गर्न रूचाएको तर कम्पनी रेखाको नामको भएकाले खेल्न नमानेकाले सवैलाई हुने गरी खडा गरेको चतुर प्रतिक्रिया दिए । रेखासंग निखिल उप्रेती, विराज भट्ट तथा आर्यन सिग्देलको बोलचाल छैन । यस्तै छविले रेखाले फिल्म निर्देशनमा डेब्यू गर्न लागेको खबरको बिषयमा आफू बेखर भएको बताए ।

 

थाहै नदिई जोरपाटीमा ७५ लाख मूल्यको घर  र मित्रपार्कको जगदम्बा अपार्टमेन्टमा रेखाले फ्ल्याट किनेको बिषयमा छविले पछि थाहा पाएपछी उनीहरूको सम्बन्धमा ठूलो दरार उत्पन्न भएको  कारणले यो सफल जोडी अलग्निे बाटोमा पुगेको अनुमान काटिएको छ । औपचारिक रूपमा अलग्गीएको भनेर दुवैले बोलिसकेका छैनन् । यध्यपी सम्बन्धमा पूर्णविराम लागिसकेको यि विविध घटनाले पुष्टी गरेको छ । किनकी फिल्म ईन्डष्ट्रीका सिंह निर्माता मानिने छवि ओझा आफ्नै घरको हुँदाहुँदै रेखाले फिल्म निर्देशनमा डेब्यू गर्न अरूको सहायता लिनु र छविले पनि चर्चित बनेको रेखा फिल्मस हुँदाहुँदै नयाँ कम्पनी दर्ता गर्नु सम्बन्ध विग्रिएको आफैमा एउटा गतिलो प्रमाण हो ।

 

छविले रेखा फिल्मसबाट हाल सम्म ६ वटा फिल्म बनाएका छन् । त्यसअघि उनले नमस्ते नेपाल नाम रहेको कम्पनीबाट निर्देशक नरेश पौडेलसंग मिलेर फिल्म बनाउने गरेका थिए । तर नरेशसंग सम्बन्ध विग्रिएपछी उनले सो ब्यानरबाट फिल्म निर्माण प्रक्रिया स्थगित गरी रेखा फिल्मस दर्ता गरेका तर सम्बन्ध विग्रिने श्रृङखला स्वयम घरकी श्रीमतीसंग समेत देखिएपछि छविले आफ्नो नाममा कम्पनी दर्ता गरेका हुन् ।

 

Most Visited News (monthly)