Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

सायदको ब्यापार उत्साहजनक दर्शक प्रतिक्रिया सहित

फिल्मीखबर, काठमाडौँ, 2012/05/12

बन्दको बाबजुत पनि ब्यापार उत्साहजनक गरेको सायदलाई विशेष गरी युवा दर्शकले ज्यादा रुचाएको पाईएको छ । रिलिजको दोस्रो दिन यो फिल्मले शनिबार राधानीका २० वटै हलमा शत प्रतिशत ब्यापार गर्दै कलेक्सनमा चपली हाईट र लुटको ओपनिङ जस्तै आफूलाई उभ्याउन सफल भएको छ ।

 

गोपीकृष्णमा यो फिल्मले तीन शोबाट २ लाख दश हजार ब्यापर गरेको जिएम नविन आचार्यले जानकारी गराए । यस्तै आचार्यले कलेक्सनको यो रिपोर्टमा बेलुकीको शोको हिसाव पूर्ण रुपमा भोली मात्र आफूले उपलब्ध गराउन सक्ने भन्दै सो रकममा केही थपघट हुनसक्ने बताए । यसैगरी सायदले बालाजुमा रहेको अष्टनारायण पिक्चर्सबाट १ लाख ८० हजार विजनेस गरेको संचालक त्रिरत्न मानन्धरले जानकारी गराए । यस्तै विश्वज्योतिबाट १ लाख ३० हजार, गुणबाट ९६ हजार, हिरारत्न : ७० हजार, गंगा : ५० हजार, कलंकी : ९० हजार, सिदार्थ बौद्ध : ६० हजार, नवदुर्गा भक्तपुर : ३० हजार , बाराही : ९० हजार पुष्पान्जली : ५६ हजार , कमलविनायक, बनेपा मयुरको रिपोर्ट प्राप्त हुन सकेको छैन । यसैगरी पृथ्वीमा ५५ हजार र सवै भन्दा थोरै आरधनामा १२ हजार मात्र कलेक्सन रिपोर्ट छ । क्यूएफएक्स च्यानल र विगसिनेमाको रिपोर्ट आईतबार मात्र उपब्लध गराईने हुदा शनिबारको विजनेस रिपोर्ट भोली मात्र थाहा हुने छ ।

दर्शक समिक्षा 

फिल्म हेरेपछी दर्शकले प्रत्यक्ष रुपमा कस्तो प्रतिक्रिया दिईरहेका छन् भन्ने कुरा बुझ्न प्रोड्यूसर सुनिल रावल सहित फिल्मका मुख्य हिरो संयम पुरी शनिबार गोपीकृष्ण हलमा दिनभर देखिएका थिए जहाँ संयमले विभिन्न टेलिभिजनको क्यामेराको बुम आफै समाएर दर्शकको प्रतिक्रिया लिएका थिए । यस्तै फिल्म हेरिसकेपछी बनेका उनका फ्यानहरुले उनीसंग तस्बिर पनि खिचाएका थिए ।

 

सानो दुई वटा हलमा लगाईएको सायद हाउसफुल भएपछी ठूलो हलमा सो फिल्म सारिएको थियो जहाँबाट सायदले हिन्दी फिल्म इशकज़ादेलाई रिप्लेस गर्न सफल भएपछी गोपीकृष्ण मुभिजको मार्केटिङ डिपार्ट समेत  अचम्मित भएको छ । बिहानको शो हाउसफुल भएपछी लाठ्ठी चार्ज समेत भएको थियो । सोही क्रममा फिल्म रिपोर्ट बुझन् पुगेका फिल्मीखबर प्रतिनिधि अनुप भट्टराईले सायद हेरेर निस्किएका दर्शकलाई प्रत्यक्ष सोधेका थिए तपाईलाई फिल्म कस्तो लाग्यो ? 


फिल्म : सायद 
ब्यानर : दुर्गिस फिल्मस
निर्देशक : सुरज सुब्बा नाल्बो
निर्माता : सुनिल रावल
कलाकार : संयम पुरी, विल्सन विक्रम राई, झरना थापा, रितिका लामा, अनिता दाहाल, गोपाल याक्थेन लगायत 

 


पदम राई :उमेर १९
स्टोरी एकदमै राम्रो लाग्यो विशेष गरी नयाँ हिरो संयम पुरीको एक्टिङ दामी लाग्यो । अनि यो फिल्मको डाईलग साहै राम्रो छ । यो फिल्मलाई म १० मा ९ नम्बर दिन्छु । 

संजिव राना : उमेर १७ 
स्टोरी बबाल लाग्यो एक शब्दमा भन्नु पर्दा नराम्रो कहि पनि लागेन । त्यसैले यो फिल्मलाई नम्बर नै दिने हो भने मेरो तर्फबाट ९ ।

प्रदीप राई : उमेर १९ 
ब्रेक पछी साहै राम्रो लाग्यो । स्टोरी र डाईलग अत्यन्त मन पर्यो । अझ भनौ नयाँ हिरोले एक्टिङलाई यतिकै अगाडी लैजाने हो भने उसलाई अबको सुपरस्टार भन्छु म । तसर्थ समग्र फिल्मलाई अंक नै दिने हो भने दश चाहि हैन ९ नम्बर दिन्छु म । 

 


अनुशा खड्का : उमेर १५ 
एक दमै राम्रो लाग्यो । कमेन्ट के गर्ने मेरो तर्फबाट १० मा १० ।

उर्वरा दीक्षित आचार्य : उमेर १५
बबाल लाग्यो मलाई त । अझ नयाँ हिरो एक दम मन पर्यो। उसले मलाई प्रपोज गरे लभ गर्न पनि तयार छु । फिल्म हेदा ईन्टरभलपछि मैले आखा पनि झिमिक्क गरिन । त्यसैले मेरो तर्फबाट १० मा १० ।



नोट : फिल्मीखबरले आजदेखि हरेक शुक्रबार रिलिज भएका नयाँ फिल्मको दर्शक प्रतिक्रिया हरेक शनिबार  यसैगरि राख्दै जाने निर्णय गरेको छ । यदि तपाई नेपाली फिल्म हेरेपछि आफैले फिल्मको समिक्षा गर्न रुचाउनु हुन्छ भने तपाईको उचित समिक्षा पनि प्रकाशित गरिने छ ।

 

Most Visited News (monthly)