रिलिजको तयारीमा रहेको रेखा थापा स्टारर फिल्म 'लंका' को फस्ट लुक रिलिज गरिएको छ । एक्सन श्रेणीको सो फिल्मको फस्ट लुकलाई अफिसियल्ली फिल्मीखबरबाट रिलिज गरिएको हो ।
साजन फिल्म्ससँग मिलेर चण्डिका फिल्म्सले निर्माण गरेको सो फिल्ममा रेखा थापा प्रहरी इन्स्पेक्टरको भुमिकामा प्रस्तुत भएकी छिन् । श्याम भट्टराईको निर्देशनमा बनेको सो फिल्ममा रेखाले अपराधको लंका जलाउने काम गर्छिन् । रेखालाई निर्देशनक श्यामले फिल्मको हिरो नै भएका छन् । निर्देशक भट्टराई, महिमा शाह र ॐ प्रकाश अग्रवाल निर्माता रहेको सो फिल्ममा किशोर खतिवडा, नन्दु श्रीवास्तव, नागेन्द्र रिजाल, ध्रुव कोईरालाको मुख्य भुमिका रहेको छ ।
राजनितीको खोल ओढेर लंक बनाउन खोज्ने रावण चरित्र भएकालाई देशको रक्षकले गर्ने सफाईमा नै फिल्म केन्द्रित रहेको निर्देशक भट्टराई बताउँछन् । सर्लाहीमा छायाँकन गरिएको सो फिल्ममा मदन कास्यप घिमिरेको छायाँकन, राजेन्द्र खड्गीको द्धन्द तथा शंकर बिसीको करियोग्राफी रहेको छ । यसै फिल्मबाट पार्श्व संगीतकारको रूपमा सन्तोष रजौरेले डेब्यू गरेका छन् । फिल्मको कथा बरिष्ठ निर्माता छबिराज ओझाको रहेको छ । उनी फिल्मका सल्लाहकार समेत हुन् ।
- ‘रामायण’को कमाइ : विश्वव्यापी २ सय करोड, भारतमा सय करोड
- ‘जलाकी’को ‘पहिलो माया’ गीतमा उपासना र सोनमको प्रेमिल केमेस्ट्री
- जब अनुपले सलमान खानको खुट्टा ढोगे !
- ‘सारथी’को ‘मयाली’ गीतमा गिरी र गायत्रीको प्रेम
- मंसिर १८ मा सर्यो ‘सिन्दुरे जात्रा’, पोस्टरमा भावुक देखिए विजय र अञ्जना
- कृषाको ‘उही तिम्रो’मा प्रदीप, पल र सिम्रन, नयाँ वर्षमा रिलिज
- ‘रामायण’लाई चुनौती दिन हलमा लाग्यो ‘पाँच पाण्डव’
- ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ गीतमा आशीर्वाद र प्रशंसाको बिहे
- ‘२के’ प्रविधि नभएका नेपालका हलमा रिलिज नै भएन ‘रामायण’
- ‘पाँच पाण्डव’ निर्धारित मितिमै रिलिज हुने, बुकिङ खुल्यो

