Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

बडीगार्ड रिलिज काउन्टडाउन सुरु

फिल्मीखबर, काठमाण्डौ, 2012/04/24

संचिता लुइटेल एक्स हजबेण्ड आकाश शाहलाई हिरो बनाएर मिडियामा स्पेश बनाईरहेका प्रोड्यूसर सुशिल पोखरेलले आफ्नो नयाँ फिल्म बडीगार्डको रिलिज काउन्टडाउन सुरु गरिएको बताएका छन् ।

भदौ २९ को डेटमा अन्य दुई फिल्म जाऊ हिड पोखरा र ब्ल्याकमेलसंग प्रतिष्पर्धा गर्ने उनको फिल्म अल नेपाल ७० बढी पर्दामा एक साथ रिलिज हुने छ । 'राम्रो फिल्म चल्ने हो त्यसैले अरु फिल्म चल्दैछ भनेर मलाई कुनै डर छैन किन कि लुट पनि दुई वटा फिल्मसंगै एक साथ चलेको थियो', फिल्म उत्कृष्ट बनाएको भाव देखाउदै आत्म विश्वासका साथ पोखरेलले भने । रेगुलर मेकरको रुपमा परिचित पोखरेलको बडीगार्ड आउट एण्ड आउट एक्सन लभस्टोरी शैलीको फिल्म हो जसलाई राजेन्द्र उप्रेतीले निर्देशन गरेका हुन् ।

'मेरा विगतका फिल्म भन्दा यो भिन्न छ', रेड फोर के क्यामेराले खिचिएको प्रसङ्ग सहित उनले पिक्चर क्वालिटी र अन्य पक्षलाई जोडेर भने । विगतका प्रोजेक्टमा डेढ महिने पब्लीसिटी गर्ने गरेका पोखरेलले यो पटक महत्वकाक्षी प्रोजेक्ट भएकाले झण्डै चार  महिना फिल्मको प्रोमोशन गर्ने योजना बनाएका छन् । उनले भने, 'पन्ध्र दिन भित्र प्रोमो वा गित रिलिज गरिने छ र त्यसपछि अन्य म्याटर ।' दशैको छेकोमा रिलिज हुने बडीगार्डको हिरोईन सौजन्य सुब्बा हुन् ।

 

बडीगार्ड पोखरेलको छैठो फिल्म हो तसर्थ रिलिज ह्याङ ओभरबाट फ्रेस भए लगत्तै सातौ प्रोजेक्ट ''लालच'' निर्माण गर्ने उनले बताए । आफ्नो तीनवटा फिल्म निर्देशन गरिसकेका राजेन्द्र उप्रेतीलाई नै सो सो फिल्म पनि निर्देशन गर्न दिने उनी बताउछन्   ।

 

बडीगार्ड फर्स्ट लुक पोस्टर यस्तो छ -

 




 

Most Visited News (monthly)