Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

शम्भुजितको खुट्टा ढोगे पछी शोभितलाई माफ

फिल्मीखबर, काठमाण्डौ, 2012/04/23

उमेरले पक्का भए पनि शोभित बस्नेत कच्चा नै देखिन्छन् । नभए उनले खुट्टा ढोगी–ढोगी माफी माग्नु पर्ने थिएन । तर सोमबार बालुवाटरको पियारा ब्याङकेटमा फिल्मीखबर श्रोतले त्यस्तो दृश्य देख्यो जहाँ निर्देशक बस्नेतले संगीतकार शम्भुजित बाँस्कोटाको खुट्टा समाएर माफी माग्दै भन्दै थिए, 'मबाट गल्ती भयो एक पटक माफ दिनुस् ।'

 

प्रसङ्ग बस्नेतले निर्देशन गर्न लागेको फिल्म जाऊँ हिंड पोखराको हो । सो फिल्मलाई शम्भुजितले निर्माण गर्ने तयारी गरेका थिए । जसका लागि दिनेश डिसीलाई निर्देशकको रूपमा छनौट गर्दै शम्भुजितले प्रि–प्रोडक्सनमा पाँच लाख खर्चिएका थिए । तर विविध कारणले सुटिङ स्थागित भएपछी शम्भुजितको सो प्रोजेक्ट पेण्डूलम भएको थियो । यध्यपी शम्भुजितले बनाउन लागेको फिल्मको नाम थाहा पाउदा पाउदै पनि सो टाईटल माथी शोभितको आँखा परेपछी उनले पनि राखिदिए आफ्नो फिल्मको नाम 'जाऊँ हिंड पोखरा' ।

दर्ता गर्नु अघि नै मुर्हुतको काम समेत निप्ट्याएका बस्नेतले बिकास बोर्डमा फिल्म दर्ता गर्न प्रोडक्सन म्यानेजर सुवास दुःखीलाई पठाएका थिए तर बोर्डले सो टाईटल शम्भुजित बाँस्कोटाको नाममा दर्ता भएकाले बस्नेतको नाममा दर्ता गर्न असमर्थ रहेको जनाएपछी म्यानेजर दुखीले दुखीत हुँदै बस्नेतलाई सवै खबर सुनाए । यता बैशाख १५ गतेदेखि फ्लोरमा जाने तयारीका साथ भदौ २९ को रिलिज डेट समेत सोही टाईटलबाट फिक्स गरेका बस्नेत पनि बोर्डले फिल्म दर्ता गर्न असमर्थ गरेको खबरले आत्तिए र गुहारे शम्भुजितलाई ।

 

शोभितको  पटक पटकको गुहार पछी शम्भुजितले सोमबार दिउँसो उनलाई भेटे र उनको पिडा सुने र विना खबर आफ्नो टाईटलमा फिल्म बनाएको बिषयमा केही बेर गाली समेत गरे । तर बस्नेतले माफी माग्ने क्रममा शम्भुजितको आक्रोसलाई सेलाउन खुट्टा नै ढोगेको देख्दा श्रोत पनि दङ्ग पर्‍यो । यस्तै यहि बिषयमा शोभितलाई प्रश्न गर्दा उनले आफूले माफ मागेपछी सो टाईटल शम्भुजितले दिएको बताए । उता शम्भुजितले जस्तो प्रकारको फिल्म बनाए पनि रेगुलर मेकरले माफी मागेपछी टाईटलको अधिकार दिएको बताए । उनले भने, 'टाईटलको बिषयमा माफी मागेपछी मैले दिएको हुँ तर कथा र संगीत पनि उस्तै भएमा म कुनै हालतमा माफी दिने छैन । अनि त्यतिबेला शोभितले जान्दछ म को हुँ भनेर ।'

 

यता शोभितले शम्भुजितको रावण रिस देखेपछी कथा र संगीत नमिलेको बताए । उनले भने, 'अरू केही कुरा मिलेको छैन तर त्यो टाईटलमा कलाकारलाई समेत महंगोमा एग्रीमेन्ट गराएर सुटिङमा जाने अनुमति नपाउने भएकाले दिमाग खराब भएको थियो तर शम्भुजित दाईले कुरा बुझ्नु भयो ।' जाऊँ हिंड पोखराका लागि साढे चार लाखमा रेखा थापा र पाँच लाखमा जीवन लुईटेल अनुबन्धीत भएका छन्  । जाऊँ हिंड पोखरा शोभितको पच्चिसौ फिल्म हो ।

 

 

Most Visited News (monthly)