Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्ल्याक मेल रिलिज भदौ २९

फिल्मीखबर, काठमाण्डौ, 2012/04/23

डेब्यू डाईरेक्टर मधुसुदन भट्टराई निर्देशित फिल्म ब्ल्याक मेलको रिलिज डेट घोषणा गरिएको छ । प्रोड्यूसर शरद अधिकारीले आउदो भदौ २९ गतेका लागि सो डेट फिक्स गरिएको जानकारी गराएका हुन  ।

 

सुमन सिंह, जीवन लुइटेल तथा स्वेता भट्टराईको ट्याङगुलर लभस्टोरीमा केन्द्रित सस्पेन्स थ्रील शैलीको फिल्म हरेक पक्षबाट उत्कृष्ट बनाउने प्रयास गरिएको निर्देशक भट्टराईले जानकारी गराए । 'कला संस्कृतिलाई बचाएर फिल्म बनाउनु पर्छ भन्ने मान्यतामा रहेर मैले ब्ल्याक मेल बनाएको हुँ तसर्थ स्टोरीलाई डाईरेक्सनको पक्षबाट पूर्ण न्याय गरेको छु जस्तो लाग्छ',  उनले भने ।

 

पब्लिसिटी सहित रिलिज डेट सम्म ७० लाख बजेट पुग्ने ब्ल्याक मेल सो डेटमा सिङगल रिलिज हुन पाउने छैन किनकी सुशिल पोखरेलको बडिगार्ड र सुटिङ नै सुरू नभएको शोभित बस्नेतको जाऊ हिड पोखराको रिलिज डेट भदौ २९ तोकि सकिएको छ ।  २०६९ को बैशाख महिनामा नै दश वटा फिल्म रिलिजले ओभर फ्लो भएको मार्केटको अवस्था भदौ लाग्दा सम्म जारी रहने छाँटकाँट देखिएको छ । तसर्थ दर्शक बाँडिदा तीन वटै फिल्म कम्पनीलाई घाटा पुर्‍याउने निश्चित छ । 

यता सहायक निर्देशनको अनुभबबाट भट्टराईलाई पूर्ण निर्देशक बनाएका प्रोड्यूसर अधिकारीले उनको पहिलो कामबाट प्रभावित हुँदै अर्को फिल्म निर्देशन गर्ने पनि निर्णय गरेका छन् । उनले भने, 'मधुको पहिलो कामबाट प्रभावित भएकाले मैले अर्को फिल्म पनि उसैलाई दिने निर्णय गरेको छु ।' रिलिजको ह्याङ ओभरबाट उत्रिए लगत्तै शरदले गर्लफ्रेण्ड टाईटलमा नयाँ फिल्म बनाउदैछन् जुन असोज महिना भित्र  फ्लोरमा जानेछ ।

 

यस्तै पहिलो फिल्म मार्केटमा नपुग्दै मधुले ब्ल्याक नाईट टाईटलको अर्को फिल्म पनि निर्देशन गर्दैछन् । यो बिषयमा उनले भने, 'आर्टिष्ट देखि लिएर प्रोडक्सन सवै नयाँको साथमा बैशाख २५ गतेदेखि फ्लोरमा जादैछौ ।' हिराज बाबु गोर्खालीले निर्माण गर्ने उक्त फिल्म शहरिया रात्री जीवनको यथार्थ घटनमा आधारित हुने निर्देशक बताउँछन् ।

Most Visited News (monthly)