Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

राजेन्द्रले आफ्नै दुई छोरीलाई हिरोईन बनाउने

विष्णु शाही, सुर्खेत, 2012/04/21

चलचित्र विकाश वोर्डको आयोजनामा पहिलो पटक मोफसलमा भएको राष्ट्रिय चलचित्र महोत्सवमा यतिवेला फिल्म नगरीकी पहिलो नायिका भुवन चन्द, चरित्र अभिनेत्री वसुन्धरा भुसाल, चरित्र अभिनेता निर शाह मात्र हैन द्धन्दनिर्देशक राजेन्द्र खड्की सहित तिन पुस्ते कलाकार उपस्थित छ ।

 

महोत्सवमा बोल्दै केही कलाकारले विग्रदै गइरहेको फिल्म क्षेत्र प्रति सवै वर्गको ध्यान जानुपर्ने वताए । केहीले आफुले अभिनय गरेको फिल्म हेर्नका लागी आग्रह गर्नुका साथै नेपाली फिल्मले समाज परिवर्तन गर्न ठुलो योगदान पुर्याउने भएकोले सवै नेपालीले नेपाली फिल्म हेरिदिन साथै संरक्षण गर्न आग्रह गरे । जव राजेन्द्र खड्की मन्चमा देखिए सुर्खेत वासिलाई ढिलै भए पनी नयाँ वर्षको शुभकामना भन्दै उनले सुर्खेत साच्चिकै पर्यटकिय क्षेत्र हुनुका साथै फिल्म छायांकन गर्न सुन्दर दृश्यहरु भएको वताउदै आफ्नो नयाँ फिल्म व्ल्याक गगल्सको छायांकन सुर्खेतमा गर्ने घोषणा समेत गरे ।

 

आफू र स्थानिय कलाकार हरी विष्टको लगानिमा जेष्ठ अन्तिम देखी व्ल्याक गगल्सको छायांकन गरिने खड्कीले वताए । फिल्मीखबरसँग कुरा गर्दै उनले यो फिल्ममा आफ्नो दुई छोरी रागिनी र रोमीलाई मुख्य नायिकाको भुमिकामा अभिनय गराउन लागेको वताए । नायकको अहिले नै छनौट नगरेको वताउदै आफ्नो फिल्ममा नायक नेपाल प्रहरीमा आवद्ध प्रहरी अधिकृत नै हुने वताए । फिल्ममा प्रेमदेव गिरी सहित सुर्खेतका स्थानिय कलाकारले पनी अभिनय गर्नेछन् भने स्थानिय वागिना समुहका नृत्य निर्देशक कुलमान नेपालीले फिल्मको नृत्य निर्देशन गर्ने छन् ।

Most Visited News (monthly)