Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

बैशाख ८ मा इकु व्याक/ श्रीमतीका साथ देश दौडाहमा इकु

विष्णु शाही, नेपालगंज, 2012/04/15

यतिवेला ईकु अर्थात सुलेमान शंकरलाई नववर्षको शुभकामना आदानप्रदान गर्नुभन्दा पनि ईकु व्याग अगेन फिल्मको प्रचार प्रसार गर्न निकै दौडधुप गर्नुपरेको छ । कलाकार तथा निर्माता सुलेमान शंकर आफ्नो दोस्रो फिल्मको प्रर्दशन डेट नजिकिदै गर्दा उनि प्रचारप्रसार गर्ने क्रममा सुर्खेत हुदै नेपालगंज आएका छन् ।


इकु आफ्नो फिल्मको पव्लिसीटी गर्न इकुकी मुख्य पात्र तथा आफ्नी श्रीमती जया शंकरसंगै प्राय महोत्सव, सांस्कृतिक कार्यक्रममा देखिने गरेका छन् । पव्लिसीटीकै क्रममा सुर्खेत आएका यी जोडि लक्ष्मि चलचित्र भवन सुर्खेतले आयोजना गरेको एक कार्यक्रममा समेत सहभागिता जनाए । कार्यक्रम स्थलमा पुग्नु पुर्व नै यी जोडिलाई सयौ दर्शकले घेरामा पारेका थिए । वाक्लो दर्शकको सहभागितावाट हौसिएका इकुले सुर्खेत वासिलाई नववर्षको शुभकामना मात्र के भन्न भ्याएका थिए केही दर्शकले इकु दाई इकु इकु भनिदिनुस न भन्दै थिए भने केहीले यो कस्तो कथावस्तु समेटिएको फिल्म हो भन्दै प्रश्न गरेका थिए । दर्शकको प्रश्नमा आफ्नो सिनेमा मनोरन्जनात्मक, सन्देसमुलक साथै पारिवारिक कथावस्तुमा आधारित भएको वताउदै सुर्खेत वासीलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह समेत गरे ।

प्रमोशनको क्रममा आज नै नेपालगंज समेत आएर इकुले आफ्नो फिल्मको वारेमा नेपालगंजका संचारकर्मीसंग कुरा गर्दै पहिलेको फिल्मको तुलनामा यो फिल्म निकै राम्रो भएको दावि गर्दै सवैलाई एकपटक हेरिदिन अनुरोध गरे । वैशाख १५ मा प्रर्दशनमा आउने भनि पव्लिसीटी गर्दै हिडेका इकुले फिल्मिखवरसंग कुरा गर्दै आफ्नो फिल्मका अधिकांश दर्शक स्कुल, प्लस टु लेवलका विधार्थीहरु भएकै कारण वैशाख १५ मा प्राय स्कुल, कलेज खुल्ने हुँदा आफ्नो फिल्म हेर्न कोही पनि विधार्थी नछुटुन् भन्ने हेतुले एक हप्ता अघि अर्थात वैशाख ८ गते एकैसाथ नेपालभर प्रर्दशन गर्न लागेको जानकारी दिए ।

हरेक वर्गले हेर्न चाहेको कथावस्तु साथै मिहिनेतका साथ वनाएका कारण आफ्नो फिल्म हेर्नका लागी आम नेपालि दर्शक प्रतिक्षा गरेर वसेको र आफुले सहभागिता जनाएको अधिकांश सांस्कृतिक कार्यक्रम, महोत्सवमा उपस्थित दर्शकले आफ्नो फिल्म हेर्ने प्रतिबद्वता गरेको पनि उनले वताए । सुलेमान शंकर, जया शंकर, रवि डंगोलको मुख्य भुमिका रहेको फिल्मलाई सागर लामिछानेले निर्देशन गरेका हुन् । मोहन आले मगर र सुलेमानको लगानि रहेको फिल्मलाई पुरुषोतम प्रधानले खिचेका हुन् ।
 
 

Most Visited News (monthly)