Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 5.00/5.00)
Text size:-
+
-

घोषणा : कल गर्ल र एडल्ट बनाउँदै सुरेश

फिल्मीखबर, काठमाण्डौ, 2012/04/15

पाँच वटा फिल्म निर्देशन गरिसकेका निर्देशक सुरेश दर्पण पोखरेलले ०६९ साल भित्रमा दुई नयाँ धारका फिल्म बनाउने घोषणा गरेका छन् । नेपाली युवती कसरी कल गर्ल हुन बाध्य हुन्छन् भन्ने थिम आधारित रहेर 'कल गर्ल' उनको यो बर्षको पहिलो प्रोजेक्ट हुनेछ भने स्टोरी खुलाउन नचाहेको एक्सपेरिमेन्टल फिल्म 'एडल्ट' उनको दोस्रो प्रोजेक्ट हुनेछ ।

 

पाँचौ प्रोजेक्ट 'थी लभर्स' को मंगलबारबाट डबिङ शुरू गर्न लागेका सुरेशले फिल्मीखबरबाट दुई फिल्मको औपचारिक घोषणा गर्दै दुबै फिल्ममा पुरूषोत्तम प्रधानलाई क्यामरा पर्सनको रुपमा  लिनेको  बताए । केहि फरक सिनेमा बनाउन खोजेको बताउदै सुरेशले 'एडल्ट' फिल्मलाई अर्न्तराष्ट्रिय फेस्टिभलमा लाने हिसाबले निर्माण गर्ने बताए । उनले भने, 'यो बर्ष नयाँ प्रयोग गर्दैछु । मलाई लाग्छ यो मेरो प्रोजेक्टले अर्न्ताराष्ट्रिय स्तरमा नै ख्याती कमाउनेछ ।' नेपालमा अहिले सम्म नबनेको बिल्कुलै नयाँ कन्सेप्टमा 'एडल्ट' फिल्म बनाउन लागेको सुरेशको भनाई छ ।

 

हाल 'थ्री लभर्स' को पोस्टप्रोडक्सन सहित 'कल गर्ल' को प्रि-प्रोडक्सन र 'एडल्ट' को रिसर्चमा व्यस्त सुरेशले प्रस्तुत दुबै नयाँ फिल्मको कथा लेखनको जिम्मा पोखरेली ठिटो सोभित बस्याललाई दिएका छन् । सोभितले 'कल गर्ल' को कथा लेखनलाई अन्तिम रूप दिंदैछन् भने 'एडल्ट' को लागि रिसर्च गर्दैछन् । दुबै फिल्मका कलाकार फाईनल गरिएको छैन ।

 

यस्तै सुरेशले  'थ्री लभर्स' को फस्ट लुक र गीत बैशाख महिना भित्रमा रिलिज गर्ने बताए । फिल्मलाई छिट्टै नै सार्वजनिक गर्ने बताउने सुरेशले पब्लिसिटीका लागि फिल्मका मुख्य पात्र देबु श्रेष्ठ र  हाल अमेरिकामा रहेकी नायिका प्रियंका कार्की पनि 'थ्री लभर्स' को डबिङ र प्रोमोशनका लागि तीन साता भित्रमा नेपाल आउने जानकारी दिए  ।

Most Visited News (monthly)