Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिवाहित पुरूषसंग रेखा थापाको बिहे हुँदै !

फिल्मीखबर, काठमाण्डौ, 2012/04/09

छवि ओझासंगको दश बर्षे लिभ ईन रिलेशनसिपबाट टाढिदै रेखा थापाले विदेशमा बस्ने एक नेपाली विवाहित पुरूषसंग विहे गर्ने तयारी गरेकी छिन् । श्रोत अनुसार नयाँ बर्ष २०६९ को फष्ट विक सम्म रेखा ती पुरूषसंग बिहे गरी नयाँ  फ्ल्याटमा सर्न लागेकी छिन् ।

श्रोत अनुसार रेखाले गौशाला स्थित गौरीघाटमा रहेको छवि ओझाको निवास नजिकै चाबहिल मित्रपार्क मेन हाईवे पशुपति क्याम्पस अगाडी रहेको नेपाल टेलिकमको विल्डिङसंगैको जगदम्बा ग्रुपको अपार्टमेन्टमा फ्ल्याट किनेकी छिन् । सो अपार्टमेन्टमा कलाकार निर्मल शर्मा र गोपिकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलका भाई उज्जवल पौडेलले पनि फ्ल्याट किनेका छन् ।  बिहेको सम्बन्धमा श्रोत भन्छ, 'रेखाले बिहेका लागि पण्डितलाई आफ्नो र ती पुरूषको चिना टिपन समेत हेराईसकेकी छिन् ।'

२०५६ सालमा हिरोईन बन्ने शिलिशिलामा छवि ओझासंग भेट भएपछी छविले निर्माण गरेको र नरेश पौडेलले निर्देशन गरेको फिल्म हिरोमा  रेखा अनुबन्धीत भएकी थिईन् ।  त्यस पश्चात उनी आज सम्म नम्बर वान हिरोईनको रूपमा आफूलाई उभ्याउन सफल भएकी हुन् जसको सम्पूर्ण श्रेय छवि ओझालाई जान्छ ।

हिरो निर्माण ताका निर्देशक पौडेल र मनकामना हलका सञ्चालक श्याम खेतानसंगको निकटता हुँदा रेखाको जावनी देखेर मात खाएपछी छविले रेखालाई आफ्नो बनाएका थिए । त्यस समय यता रेखा छविसंगै छिन् । उनीहरूले औपचारिक बिहे पनि गरेका छैनन् जसकारण रेखाले छविलाई छाड्दा कानुनी अडचन पनि आउने छैन । अर्को तर्फ बिहे नभई कसरी डिभोर्स भन्ने तर्क पनि रेखाले अघि सार्ने गरेकी छिन् । यस्तै  श्रोत भन्छ, 'अब रेखा छविसंग बस्ने अवस्थामा छैन किनकी एउटी नारीको सवैभन्दा ठूलो धन उसको सन्तान हुन्छ तर दश बर्ष संगै बस्दा आफूले सन्तान सुख नपाएपछी रेखाले छविलाई त्याग्ने निर्णय गरेकी हुन् ।'  श्रोत भन्छ, 'यस अघि पनि रेखाले बिहे गर्ने सुर नकसेको हैन तर यो पटक फाईनल जस्तै हो त्यसैले नयाँ बर्षमा नयाँ दुलाहासंग रेखा ।'

यस्तै यो बिषयले दुई दिन यता फिल्म नगरी निकै तताएको छ । यहि भिडमा केही दिन अघि छवि ओझाले फिल्म मेकिङमा सन्यास घोषणा गर्नुको एक कारण पनि रेखाले छाड्न लागेको संकेतमा उनको पिडा भनिएको छ । यस्तै रेखाको बिहे हल्लाले मार्केट तताएपछी रावण रिलिजका लागि रेखा दम्पतीले रचेको पब्लिीसिटी स्टण्ड पनि भनिएको छ । तर श्रोत भन्छ, 'रेखाले यो पटक फेक स्टण्ड हैन रियल स्टण्ड गर्दै छिन् । जुन केही दिनमै थाहा हुने छ ।'

 

यस बिषयमा नायिका रेखासँग बुझ्दा उनले खबर गलत भएको बताईन् । उनले आज शुक्रबारबाट चल्न लागेको आफ्नो होम प्रोडक्सनको फिल्म 'रावण'  लाई फ्ल्प पार्न कसैले रचेको प्रोपोकाण्डा भएको बताईन् । उनले भनिन्, 'मेरो रिस गर्नेले यस्तो खबर फैलाएका हुन् । यदि मैले बिहे गरे भने सबैलाई जानकारी गराई हाल्छु ।' रेखा दम्पत्तीको फिल्म रावण आजदेखि मोफसलका ४ दर्जन बढी थिएटरमा रिलिज भएको छ भने बैशाख एक गतेदेखि राजधानीमा पनि रिलिज हुँदैछ र सो रिलिजसंगै रेखाले नयाँ बर्षमा नयाँ जिवन सुरूवात गर्ने खबरले मार्केट तताईरहेको हो ।

Most Visited News (monthly)