Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोजको फेरी अर्को छल

बिरोध पोखरेल , काठमाण्डौ, 2012/04/06

 लूटले ५१ दिन मनाउदै गरेको पार्टीमा आफ्नो सिनेमा 'हिरोइन' को सुटिंग गरेको खुलासाको केहि समय बित्न  नपाउदै रोज राणा को अर्को छल बाहिर आएको छ।

 

गत साता नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) ले आयोजना गरेको अवार्डमा पनि 'हिरोइनको' सुटिंग भएको छ । कथाको सिक्वेन्समा मेरो हिरोइनले अवार्ड पाएको सिन छ र मैले फुटेज लिएको हो तसर्थ आफ्नो हिरोइन पनि सोहि  कार्यक्रममा उपस्थित रहेको बताउछन् रोज राणा । उनले हिरोइन को हो भन्ने चाहिँ खुलाएका छैनन् । तर यता अन्य कलाकारले भने बिना जानकारी सुटिंग गरिएको प्रति आपत्ति जनाएका छन् ।

 
बैशाखको पहिलो साता देखि फ्लोरमा जाने सो फिल्म को करिब ४० प्रतिशत सुटिंग सकिएको जानकारी दिदै रोज भन्छन्- 'कसैको निजि मामिलामा मैले दखल पुर्याएको छैन तर दर्शकले कलाकारको रिल लाइफ भन्दा पनि रियल लाइफ थाहा पाउनु हक हो ।' कसैको बिरोध आए पनि आफ्नो फिल्मको लागि तयार गरिएको फुटेज आफुले नहटाउने उनको तर्क छ ।
 
 
झन्डै १० महिना लगाएर फिल्मको लागि फुटेज तयार गरेका रोजले राजेश हमाल, निशा अधिकारी, रेखा थापा, आर्यन सिग्देल र निखिल उप्रेतीको वास्तविक जीवन पनि कैद गरसकेको बताएका छन् । हिरोइनलाई  रोजलेनै निर्देशन गर्ने सुर कसेका छन्


Most Visited News (monthly)