Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थाईल्याण्डमा सुटिङ फुकुवा, आगमन टोली बार्‍ह दिनका लागि प्रस्थान

फिल्मीखबर, काठमाण्डौ, 2012/04/03

बाढीका कारण कुरूप बनेको थाईल्याण्डको रूप फेरिएपछी थाई सरकारले फिल्म सुटिङ गर्न फुकुवा गरेको छ । जस अनुरूप नेपाली फिल्म 'आगमन' को टोली आज मध्यान्न थाईल्याण्ड प्रस्थान गरेको छ ।

बार्‍ह दिनका लागि सुटिङ गर्ने तयारीका साथ टोलीमा हिरो सुवास थापा, हिरोईन सुष्मा कार्की, सोही फिल्मबाट हिरोईनमा डेब्यू गर्न लागेकी मोडल अस्मिता कडेंल, बाल कलाकार आईएम शर्मा, क्यामेरापर्सन शिव ढकाल, ड्रेस डिजाईनर निलिमा शर्मा, प्रोडक्सन डिजाईनर प्रकाश महरा, प्रकाश हमाल, लाईट डिरेक्टर राजु तामाङ र प्रोड्यूसर राकेश पराजुली रहेका छन् ।

फिल्मलाई डेब्यु गर्दै जगदिश्वर थापाले निर्देशन गर्देछन् जो थाईल्याण्डमै छन् । थाईल्याण्डका विभिन्न रमाईला स्थानमा सुटिङ हुने 'आगमन' बर्तमान अवस्थामा पोलिटिकल सिनारियोका कारण पर्न जाने असरसंग केन्द्रित रहेको बताईएको छ । जसमा राजनीतिले मायालाई पनि पिडा दिन्छ भन्ने स्टोरी मेन लाईन रहेको छ । फिल्मलाई साईन मुभीले निर्माण गर्न लागेको हो । जसको पचास प्रतिशत छायाकंन थाईल्याण्डमै हुने छ ।

'नाटक पर्फम गर्न मात्र विदेश गईरहन्थें तर आज फिल्म सुट गर्न बाहिर जाँदा अर्के मज्जा फिल हुँदो रहेछ', थाईल्याण्ड उड्नु अघि कोही मेरो डेब्यू हिरो सुवासले बताए । कोही मेरो पश्चात उनले ब्रेकफेल खेलेका थिए त्यस पश्चात रिलिजको तयारीमा रहेको फेसबुक र किन किनमा पनि उनले अभिनय गरेका छन् ।

Most Visited News (monthly)