Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्ममा भारतीय लगानी

फिल्मीखबर, काठमाण्डौ, 2012/03/28

बजार सुध्रिएको संकेतसंगै भारतीय फिल्म मेकरहरूले नेपालमा फिल्म निर्माण गर्न चासो देखाएका छन् । यहि कुरालाई मध्यनजर गर्दै भारतमा स्क्रिन प्ले तथा डाईलगको लागि राम्रो नाम कमाएका सुबोध चोपडा अहिले नेपालमा छन् ।


कलाकार तथा प्रोड्यूसर गीता नायरसंग तीन दिन यता उनी नेपाली फिल्म निर्माणका लागि काठमाण्डूमा छन् । फिल्मीखबरसंगको भेटमा सुबोध भन्दै थिए- 'एउटा राम्रो फिल्म बनाउने उद्देश्यका साथ यहाँ आएको हुँ, सवैबाट सहयोगको अपेक्षा गरेको छु ।' कालिङपोङका सुबोध आमा नेपाली भएका कारणले गर्दा पनि नेपाली माटोमा आएर चलचित्र बनाउन मन लागेको बताए । उनले भने, 'मेरो आमा नेपाली हो त्यसैले मलाई नेपाल प्रतिको मोहले तानेको हो ।'


ठिक्क बजेटमा उत्कृष्ट फिल्म बनाउने सोचाई अनुरूप स्क्रिप्ट पनि तयार भैसकेको बताउँदै सुबोधले भने- 'मात्र कलाकार नेपाली लिऊ भनेर अहिले सवैसंग छलफलमा ब्यस्त छु ।' टाईटल सार्वजनिक नगरिएको उनको फिल्ममा नेपालबाट नाम चलेका ६ जना प्रमुख कलाकार हुने र त्यस मध्ये राजाराम पौडेल करिब फाईनल भैसकेको सुबोधले बताए । यस्तै अन्य कलाकारका लागि सुझाव संकलन सहित स्क्रिप्टको डिमान्ड अनुसार चयन गर्ने उनको तयारी छ ।

'सेफ बिजनेसको नयाँ योजना अनुरूप हामीले सुरूमा नेपाललाई रोजेका हौं । लुट भन्दा राम्रो फिल्म बनाउने हाम्रो उद्देश्य छ', प्रोड्यूसर नायरले भनिन् । उनका अनुसार भारतीय फिल्म मेकरहरू अब नेपाली फिल्म बनाउन ईच्छुक छन् । 'यदि हाम्रो सिनेमा चल्यो भने म भन्न सक्छु कि नेपालमा ईन्डियन फिल्म मेकरहरूको फिल्म निर्माणमा लर्को लाग्ने छ', नायरले थपिन् । विशेषत साउथ ईन्डियन फिल्म मेकरहरूले थोरै बजेटमा सेफ भएर नेपाल रोज्न लागेको गीता बताउँछिन् ।


फिल्मलाई भारतीय कम्पनी अटो फोकस कम्पनीले निर्माण गर्न लागेको हो जसको छायाकंन मे महिनाका सेकेण्ड वीकबाट सुरू गर्ने उनीहरूको तयारी छ । भारतका मेन टेक्निसियन लिएर निर्माण गरिने उक्त फिल्मको सम्पूर्ण छायाकंन नेपालमा हुने छ । फिल्म दुई दिदी बहिनीको कथामा केन्द्रित रहेको बताईएको छ । सुबोध चोपडा अनुराग बसुको मर्डर, तुम सा नहि देखा तथा रोग, दोबारा फिल्मका राईटर हुन् । जो कुनै समय निकै चर्चा पाएको सिरिएल रिपोर्टर, हक्किकत, रिस्तेको स्क्रिप्ट राईटर पनि  हुन् ।

 

सुबोधलाई पब्लिसिटी डिजाईन, कास्टिङ स्लेक्सन र पिआरमा रंगकर्मी अशेष मल्लको छोरी सम्पदा मल्लले सहयोग गरिरहेकी छिन् । भारतमा फिल्म मेकिङ सम्बन्धी कोर्ष गरेर भर्खरै नेपाल फर्किएकी सम्पदाको सहयोगमा नै यो टिम नेपाल आएको हो । यस्तै उनलाई सहकर्मीको हिसावले कलाकार अनुप बराल, निर्देशक नारायण पुरीले पनि सहयोग गर्ने छन् । फिल्मका लागि एक साता भित्रमा कलाकार फाईनल गरेर टिम भारत फर्कने छ ।

Most Visited News (monthly)