Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धुवाँका लागि आर्यनलाई ८ लाख १ हजार ५ रूपैयाँ

फिल्मीखबर, काठमाण्डौ, 2012/03/27

महंगा हिरोको ट्याग भिरेका आर्यन सिग्देल आजदेखि थप महंगा भएका छन् । उनले आफ्नो रेट आठ लाख बमोजिम उल्टै एक हजार पाँच रूपैयाँ बढी पाउदै धुवाँमा साईन गरेका छन् ।

 

रामप्रसाद रिजालले निर्माण गर्न लागेको सिनेमा धुवाँमा साईन गरे लगत्तै फिल्मीखबरसंग कुरा गर्दै आर्यनले भने, 'पक्कै पनि मेरो क्षमतालाई मुल्याकंन गरेर गरिएको यो एग्रीमेन्टले मलाई अझै उर्जा थपेको  छ ।' यस्तै आर्यनलाई ८ लाखमा साईन गराए पश्चात प्रोड्यूसर राम प्रसाद रिजालले भने, 'नेपाली कलाकारहरूको स्टारडमलाई ख्याल गर्दै मैले उहाँसंग भारी मूल्यमा एग्रीमेन्ट गरेको हुँ ।'

 

रामका भाई लक्ष्मण रिजालले निर्देशन गर्ने सो सिनेमामा निशा अधिकारी आर्यनको अपोजिट हुनेछिन् । सिनेमामा प्रियंका कार्की पनि अनुबन्धीत हुने कुरा थियो तर प्रियंका अब यो प्रोजेक्टमा नखेल्ने उनले जानकारी गराए । सिनेमामा रजौल सिलवाल पनि लिड रोलमा रहने बताईएको छ । आर्यन सिग्देलले अभिनय गरेका सिनेमा प्राय उस्तै उस्तै हुन्छन् भन्ने ब्यक्तिहरुले आर्यनलाई अब त्यस्तो भन्न नपाउने भएका छन् किनभने धुवाँ उनले यो भन्दा पहिला अभिनय गरेका चलचित्र भन्दा भिन्न रहेको बताईएको छ  । सिनेमा ड्रग एडिक्सन संग सम्बन्धीत रहेको छ ।


प्राय जस्तो उस्तै उस्तै भुमिकामा देखिने हुँदा आर्यनलाई सबैले बिभिन्न आरोपहरु लगाउने गरेका थिए । आर्यनले फोनमा भने, 'यो मुभिमा म एक ड्रग एडिकको रुपमा देखिँदै छु । त्यसैले यो मुभी पछि मलाई कसैले पनि आर्यनले उस्तै उस्तै क्यारेक्टरमा काम गर्छ भन्ने छैन ।' सिनेमा योङ जेनेरेसनसंगै नयाँ सोँचका साथ सोसल अवेरनेशका बारेमा हुने प्रोडक्सन टिमले जानकारी गरायो ।

 

आर्यनले मंगलबार साँझ ७ बजे काठमाण्डौको बसुन्धारा स्थित दियालो फुड क्लबमा एग्रीमेन्ट गर्दे ३ लाख १ हजार ५ रूपैयाँ बुझिसकेका छन् । प्रोड्यूसर राम प्रसाद रिजालका अनुसार बैशाखको फष्ट वीकबाट धुवाँको सुटिङ सुरू गरिने छ ।

Most Visited News (monthly)