Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्न्तराष्ट्रिय स्तरको सिनेमा बनाउने बाचा गर्दै फर्किए सुब्बा र यश

फिल्मीखबर, काठमाण्डौ, 2012/03/20

जापानको ओसाका एसियन फिल्म फेस्टिभलमा आफ्नो चलचित्र 'बाटो मुनिको फूल' लाई स्पेशल स्क्रिनिङ गरेर निर्देशक सुरज सुब्बा र प्रस्तुतकर्ता तथा नायक यश कुमार आज नेपाल फर्किएका छन् । नेपाल आए लगत्तै फिल्मीखबरसँग कुरा गर्दै निर्देशक सुब्बाले आफ्नो फिल्म हेरेर जापानीहरू दङ्ग परेको बताए ।

 

१६ मार्चमा स्क्रिनिङ गरिएको 'बाटो मुनिको फूल' को छुवाछुतको कथालाई जापानीहरूले मन पराएको सुब्बाले बताए । उनले भने, 'नेपालमा पनि यस्तो राम्रो कथामा चलचित्र बन्दो रहेछ भनेर उनीहरू खुसी भए र आगामी दिनमा यस्तै नेपाली चलचित्रको अपेक्षा समेत गरेका छन् ।' जापानबाट केहि नयाँ योजना बनाएर नेपाल फर्किएको बताउने सुब्बाले उक्त फेस्टिभलमा सहभागी भएर आफ्नो मनोबल बढेको बताए ।

 

पहिलो पटक जापान पुगेका सुब्बाले नेपाली चलचित्रको लागि नयाँ बाटो खुलेको बताए । 'राम्रो सिनेमा बनाउने हो भने अर्न्तराष्ट्रिय बजारमा पुग्न हामीलाई गार्‍हो छैन, 'सुब्बाले भने, 'यो चलचित्रबाट पाएको सफलताले गर्दा अझै राम्रो सिनेमा बनाएर नेपाली चलचित्रलाई अर्न्तराष्ट्रिय स्तर पुर्‍याउने बाचा पनि गरेको छु ।' यस्तै नायक यश कुमारले पनि खुसी व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो सिनेमा बनाउन र काम गर्न हौसला मिलेको बताए ।